विश्वकै सबैभन्दा लामोसमय राजगद्दीमा बस्ने थाई राजाको स्वास्थ्यमा सुधार

थाई राजा भूमिबोल अद्युल्यादेजको स्वास्थ्यमा सुधार आएको राजदरबारबाट प्रकाशित विज्ञप्तीमा जनाइएको छ । उनको आइतबार साँझ पित्त थैलीको शल्यक्रिया गरिएको थियो । उनको राजधानी बैंककमै

रहेको सिरिराज अस्पतालमा उपचार भइरहेको छ । उक्त अस्पतालले राजाको स्वास्थ्य अवस्थामा सुधार आएको जनाएको छ । ८६ वर्षीय राजा भूमिबोल केही वर्षहरुदेखि विभिन्न रोगले थलिएका छन् । भूमिबोल विश्वकै सबैभन्दा लामोसमयसम्म राजगद्दीमा बस्ने राजाका रुपमा चिनिन्छन् । उनी थाइल्याण्डमा निकै लोकप्रिय छन् । राजाको स्वास्थ्य बैंकका जनताका लागि निकै ठूलो चासोको विषय हुने गर्छ । उनको स्वास्थ्य अवस्थामा सुधार आएको जानकारी अस्पताल र राजदरबारले दिएको छ । शल्यक्रियापछि संक्रमण भएको शंका गरिएको थियो । तर सोमबारको स्वास्थ्य बुलेटिनमा सुधार आएको बताइएको थियो । उनलाई ज्वरो आएपछि गत शुक्रबार अस्पताल भर्ना गरिएको थियो । उनका चिकित्सकहरुले पित्तथैलीका शल्यक्रिया गरेका थिए । त्यहाँ केही वर्षदेखि राजनीतिक अस्थिरता छाएको छ । तर राजालाई राजनीतिमा मुछ्ने प्रयास कतैबाट हुँदैन । www.ratopati.com

,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस