समाचार
»
काठमाडौं काग्रेस फुट्यो, कोइराला र देउवा पक्षका छुट्टाछुट्टै पदाधिकारी
काठमाडौं काग्रेस फुट्यो, कोइराला र देउवा पक्षका छुट्टाछुट्टै पदाधिकारी
२६ असोज, काठमाडौं । नेपाली कांग्रेस काठमाडौं जिल्लामा पदाधिकारी छनोट प्रक्रियाको विषयलाई विवाद चर्किएको छ । काठमाडौं जिल्ला सभापति भिमसेनदास प्रधानले विधि विधान र नियमावली विपरीत तीन जना पदाधिकारी मनोनितमा सिफारिसप्रति कार्यसमितिका समितिले आपत्ति जनाएका हुन् । निर्वाचित
कार्यसमितिको बैठक नै नबसी उपसभापति, एक सचिव र सहसचिव गरी तीन जना पदाधिकारी मनोनित गरपछि विवादले चर्को रुप लिएको हो । सभासद समेत रहेका जिल्ला सभापति प्रधानले कार्यसमितिको बैठक नै नबसि मनोमानी ढंगले तीन पदाधिकारी मनोनित गरि केन्द्रिय कार्यालयमा नाम पठाएको बताइएको छ । जिल्ला सचिव प्रचण्डदेव मानन्धरले २७ जना निर्वाचित सदस्यले हस्ताक्षर गरेर केन्द्रीय कार्यालयमा विरोध पत्र दर्ता गराएपनि अझै कुनै कार्वाही अघि नबढेको बताए । काठमाडौं जिल्लामा देखिएको विवादमा केन्द्रीय कार्यालयका एक नेताले भने,सभापति प्रधान लगाएत एक पक्षले मनोनित भन्दै तीन जना पदाधिकारीको नाम ल्याएको छ,सचिव मानन्धर पक्षले मनोनयन कार्यसमितिको निर्णय विना सभापतिले मनोमानी ढंगले गरेको भन्दै विरोध पत्र दर्ता गराएका छन् ।nepaliheadlines.com
तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस