तिहारमा राति ७ बजे पछि देउसी भैलो खेल्न नपाइने

३१ असोज, काठमाडौं । गृह मन्त्रालयले तिहारमा राति ७ बजेपछि देउसी भैलो खेल्न रोक लगाएको छ ।
गृह मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरी राति ७ बजेस्म्म मात्र देउसी भैलोसहितका सांस्कृतिक कार्यक्रम गर्न आग्रह गरेको छ ।


यस्ता कार्यक्रम रातको समयमा गर्दा अवाञ्छित गतिविधिमा संलग्न व्यक्तिहरूले शान्ति सुरक्षामा असर पुर्‍याउन सक्ने मन्त्रालयले जनाएको छ ।
गृह मन्त्रालयले तिहार र छठमा भूइचम्पा, पटाका, आतसवाजी जस्ता विस्फोटक पदार्थ प्रयोग तथा विक्री वितरण नगर्न आग्रह गरेको छ ।

विस्फोटक पदार्थ उत्पादन, आयात निर्यात तथा विक्री र प्रयोग गर्नेहरुलाई कानून बमोजिम काबारही गर्ने सरकारले बताएको छ । onlinekhabar

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस