रक्सीले मातेको सुरमा युवकले गरे झुन्डिएर आत्महत्या.

खोटाङ, असोज २३ – रक्सीले मातेको सुरमा खोटाङका एक युवकले झुन्डिएर आत्महत्या गरेका छन् । पाथेका–२ का २६ वर्षीय रुगमान गुरुङले गएराति झुन्डिएर आत्महत्या गरेका हुन् ।




सामान्य घरायसी विवादपछि गुरुङले राति करिब १२ बजेको समयमा घर नजिकैको दुधिलोको रुखमा झुन्डिएर आत्महत्या गरेको स्थानीय रञ्जीव राईले जानकारी दिए । राईका अनुसार गुरुङ सुस्त मनस्थितिका थिए ।

गुरुङको शव परीक्षणका लागि जिल्ला अस्पताल खोटाङ ल्याइएको प्रहरीले जनाएको छ । उनको श्रीमती र एक छोरा छन् ।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस