५० करोड गुमाएर छाडिदिए ज्ञानेन्द्रले, दुव्र्यसनिले एक्लिए पारस,जेल चलानसँगै आर्थिक संकट
हुन त यी फरक फरक तश्वीरले पनि उनका बारे धेरै कुरा बोल्न सक्छन् । उनको विगत सन्तोषजनक र आशावादी थिएन । राजकीय प्रतिष्ठा र शाशकीय साँठगाँठका कारण कहिल्यै खर्चको अभाव पनि देखिएन । इज्यत र प्रतिष्ठाकै निम्ति पूर्व राजा ज्ञानेन्द्रले उनको खर्चमा धेरै कुरा गुमाए । तर समय बदलियो सबै
छोरो पारसको लागि विभिन्न माध्यमबाट ज्ञानेन्द्र शाहले धिरेन्द्रकी छोरी सिताष्मा मार्फत् पारसलाई पैसा पठाउने गरेका थिए । पारसले नेपालमै ल्याउन चाहेका उनको थाई प्रेमिका कन्निका लिन ले पनि अहिले उनलाई कुनै आर्थिक सहयोग गर्दीनन् । उनले हाल पारश शाहलाई छोडीसकेकी छन् । गत बर्ष फागुनमा हृदयघात भएपछि पूर्वयुवराज पारस करिब डेढ महिना बैंकक स्थित समितिभेज अस्पतालमा भर्ना भएका थिए । उनले त्यत्तिबेला नयाँ जीवन पाएका हुन् । तर हृदयघाटको रोग बल्झिन सक्ने भन्दै पारसलाई यस किसिमको चिन्तामा नराख्न चिकित्सकले सल्लाह दिएका थिए । हुन त पूर्वयुवराजको यसअघिको लागू औषधसम्बन्धी मुद्दा अझै छिनोफानो भएको छैन । उनलाई फुकेत अदालतमा उनको मुद्धा जारी छ । पारस शाह थाइल्यान्डमा तनाबपूर्ण जीवन बिताई रहेका थिए । उनले गर्ने दैनिक खर्च र मुद्धा मामिलाका कारण पारसको दैनिकी तनाबपूर्ण अवस्थामा रहेको हो । थाइल्यान्डमा रहेका नेपाली मुलका केही व्यक्तिसँग राम्रो सम्बन्ध बनाएका पारसलाई पछिल्लो समय उनीहरुले पनि वेवास्ता गर्दे आएका थिए । होटेलको शिशा फुटाउने देखि व्यक्तिमाथि हात हाल्ने पारसको अर्को कुलत थियो । थाइल्यान्डमा लागुपदार्थ सम्बन्धी कानुन एकदमै कडा रहेकोले पनि पारस बिरुद्धको मुद्धामा नेपाली मुलका केही प्रभावशाली व्यक्तिले सहयोग गरिरहेका छन् तर पछिल्ला दिनमा साना साना गल्ति गर्दै उनले सहयोगी साथीहरुलाई समेत दुख दिन थालेपछि पारसबाट उनीहरु टाडीएका हुन् । भिडियो हेर्न तल क्लिक गर्नुहोस :

