बढ्दै छन् कुमारी आमा
गुल्मी,कात्तिक १ – दुर्गम गाउँ दर्लिङ ५ की धनी विश्वकर्माको छोराको उमेर १५ पुग्यो । १६ वर्ष पुगेपछि नेपाली नागरिकता बनाउने कानुनी वयवस्था भए पनि अहिलेसम्म उनका बाबुको पहिचान हुन सकेको छैन । सुरुमा धनीले नै धेरैलाई छोराको बाबु दाबी गरेपछि स्थानीयले समेत पहिचान गराइदिन नसक्दा अहिलेसम्म समस्यामा छन् ।
अन्तरजातीय बिबाहको प्रलोभन देखाउँदै ३ वर्षअघि धुर्कोटबस्तु ३ का रामचन्द्र पाण्डेले १३ वर्षीय किशोरीसँग शारीरिक सम्बन्ध राखे । किशोरी गर्भवती भएपछि दलितलाई बुहारी स्वीकार्नुपर्ने बाध्यताले पाण्डे परिवारले गाउँ नै छाडेपछि युवती लामो समय अलपत्र परिन् । धेरै समय माइतीमै बसेकी ती किशोरी अहिले ज्योती व्यावसायिक तालिम केन्द्र पोखराबाट तालिम लिएर उतै बसेर बच्चा हुर्काउँदै छिन् ।
बलिथुम ३ की १७ वर्षीया विजुली सुनार छिमेकी रामबहादुर श्रेष्ठको प्रेम नाटकमा परिन् । विवाहित श्रेष्ठको सम्बन्धबाट १४ वर्षकै उमेरमा बच्चा जन्म्यो । त्यहीबेला गाउँबाट भागेका श्रेष्ठ अझै बेपत्ता छन् । न्याय माग्दा ज्यान मार्ने धम्की दिएपछि बिजुली गाउँबाट विस्थापित भएर सदरमुकाम आइन् ।
प्रेमको नाटकमा परेर बच्चा जन्माउने र बच्चा जन्मेपछि प्रेमी तथा घर परिवारले नस्वीकार्दा समस्यामा पर्ने किशोरी जिल्लामा झन्डै ३५ जना छन् । उनीहरु अधिकांश दलित परिवारका हुन् । कतिपय दलित भएकै कारण केही विवाहित प्रेमीले झुक्याएका कारण पीडित बने । आजको कान्तिपुर दैनिकमा खबर छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :

