पूर्वयुवराज पारस साह बैंककमा फेरी गाँजा सहित फेरि पक्राऊ
काठमाडौं, असोज २४
अवैध लागूऔषध कारोबारमा पटक(पटक पक्राउ पर्दै आएका पूर्वयुवराज पारस शाह बुधबार दिउँसो फेरि बैंककमा पक्राउ परेका छन्। थाई प्रहरीले उनलाई अपराधीका रुपमा हत्कडी लगाएर सार्वजनिकसमेत गरेको छ।
प्रहरीले सेतो नम्बर प्लेटको बीएम डब्ल्यु कार र त्यसमा राखिएको लागू पदार्थ सहित साह बुधबार दिउँसो १ बजे पक्राउ परेको थाई भाषाको पत्रिका ‘खाई न्युज’ले जनाएको छ।
पारसका साथबाट ५।८ ग्राम परिणामका गाँजाका पोका बरामद गरिएको स्थानीय प्रहरीले जनाएको छ । त्यस्तै लागू पदार्थ प्रयोग गरिएको हरियो रंगको प्लाष्टिक ट्युव र थप दुईवटा त्यस्तै प्लाष्टिकका ट्युव समेत प्रहरीले बरामद गरेको उक्त पत्रिकाले जनाइएको छ । साहलाई अबैध लागू औषध कारोबारमा मुद्दा अघि बढाएको त्यहाँको प्रहरीलाई उधृत गर्दै समाचारमा भनिएको छ।
तस्विर सौजन्य थाइ समाचार भिडियो हेर्न तल क्लिक गर्नुहोस :

