मोदीको धार्मिक भ्रमण रद्द भएको छैन - परराष्ट्रमन्त्री
काठमाडौं : परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर, लुम्बिनीलगायतका स्थानमा निर्धारित धार्मिक भ्रमण रद्द भएको जानकारी परराष्ट्रलाई नआएको बताएका छन्।
जनकपुरमा मोदीको स्वागत गर्ने जिम्मा पाएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री विमलेन्द्र निधिले बिहीबार प्रेस विज्ञप्ति निकालेर सुरक्षाको कारण देखाउँदै उनको भ्रमण रद्द भएको जानकारी दिएका थिए।
मन्त्री निधिले बिहीबार अपराह्न निकालेको प्रेसविज्ञप्तिमा एमाओवादी र मधेसवादी दलहरूले समानान्तर मञ्च बनाउने र सुरक्षा घेरा तोड्ने धम्की दिएको, कूटनीतिक प्रचलनको विपरीत वीरगन्जस्थित भारतीय काउन्सिलरको कार्यालयमा गई ज्ञापनपत्र दिएर अवाञ्छित र अतिवादी व्यवहार देखाई अभिनन्दन कार्यक्रमसमेत बिथोल्ने चेतावनी दिएकाले भ्रमण स्थगित भएको उल्लेख छ। अन्नपूर्ण पोस्ट

