छविको हिरोइन शिल्पा आफ्नै सहकर्मीबाट बलत्कृत
सोमबार, कार्तिक १७,
कात्तिक ७ गते देशभर प्रदर्शन भइरहेको चलचित्र लज्जाले यति बेला देशभरका सिनेमाहलहरुमा गज्जबको व्यापार गरिरहेको अबस्थामा लज्जामा प्रिया र पार्वती नाममा देखिएकी शिल्पालाई अब उनी नै अभिनित र एउटै ब्यानरमा निर्माण भएको अर्को चलचित्रमा हवल्दार सुन्तलीमा शिल्पालाई हवल्दार सुन्तलीको भुमिकामा देख्न पाइने भएको छ । छविराज प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र लज्जा देशभर प्रदर्शन भइरहेको बेला सोहि ब्यानरमा निर्माण भएको चलचित्र हवल्दार सुन्तलीलले पनि आफ्नो प्रदर्शन मिति तय
चैत २७ गते अलनेपाल रिलिज हुने चलचित्र हवल्दार सुन्तलीको पहिलो अनुहार सार्वजनिक भएको छ । छविराज प्रोडक्सनका अनुसार लज्जाबाट सफलता हात परिसकेका कारण अबको ध्यान हवल्दार सुन्तली तर्फ रहेकाले चलचित्रको फष्टलुक पोष्टर सार्वजनिक गरेका बताइएको छ ।
लज्जाकी हिरोइन शिल्पानै मुख्य भूमिकामा रहेको हवल्दार सुन्तली यथार्थ घटनामा बनाईएको फिल्म हो । आफ्नै सहकर्मीबाट बलत्कृत भएकी प्रहरी हवल्दार सुन्तली धामी माथिको सत्य घटनामा बनेको यो फिल्ममा किशोर खतिवडा सहित सविन श्रेष्ठ मुख्य भूमिकामा छन् ।
चलचित्रका कार्यकारी निर्माता छविराज ओझा हुन् । हवल्दार सुन्तली प्रर्दशन हुने दिन विनय श्रेष्ठको फिल्म रेशम फिलिली पनि प्रर्दशन हुँदैछ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :

