बारमा खिचिएको सेल्फीमा कैद भयो ‘भूत’ ?
के तपाईंलाई पनि सेल्फी खिच्ने रहर छ ? छ भने सेल्फी लिँदा होस् पुर्याउनु होला किनभने लण्डनको न्यूक्यासल शहरमा दुई युवतीहरुको सेल्फी आजकाल सोसल मिडियामा निकै छाएको छ । उनीहरुको सेल्फी
यस कारण पनि चर्चित छ किनभने उनीहरु दुबैको बिचमा एक महिला उभिएकी छिन् जसलाई मानिसहरुले ‘भूत’ भनेका छन् । दुबै युवतीले यो सेल्फी एउटा बारमा लिएको बताइएको छ । मिडिया रिपोर्टका अनुसार भिक्टोरिया ग्रीब्स (२२) र कायले एटकिन्सन (२३) न्यूक्यासलमा रहेको आफ्नो घरबाट राती अबेर बारका लागि निस्किएका थिए । बारमा रक्सी पिइसकेपछि उनीहरुले सेल्फी लिने निर्णय गरे । सेल्फी लिइसकेपछि त्यसलाई हेर्दा उनीहरु दुबै अचम्मित भए । त्यहाँ उनीहरुको दुबैको अलावा अर्को एक महिला पनि उपस्थित थिइन् जसले भिक्टोरियाको जस्तो पहिरन लगाएकी थिइन् । उनीहरुले यो तस्बिर स्न्यापच्याटको वेभसाइटमा राखे तर डरका कारण यी युवतीहरुले यसलाई आफ्नो फोनबाट भने हटाइदिएका थिए । स्न्यापच्याटमा राखिएको उनीहरुको तस्बिरले सोसल मिडियामा भने तहल्का मच्चाइसकेको थियो । (एजेन्सी) /www.ratopati.com
तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस