साताको पहिलो दिन सुन तोलामा १२ सय रुपैयाँ बढ्यो

काठमाडौं, कात्तिक ३० – साताको पहिलो दिन सुन तोलमा १२ सय रुपैयाँ बढेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी संघले आइतबारका लागि सुन तोलाको ५१ हजार रुपैयाँ तोकेको छ । गत साताको अन्तिम दिन सुन तोलमा दुई सय रुपैयाँले घटेर ४९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।


 कात्तिक महिनाको पहिलो र दोस्रो साता लगातार ओरालो लागेको सुनको मूल्य तेस्रो सातामा केही उतार चढाव आएको थियो । अन्तिम साताको पहिले दिन सुनको मूल्य केही उकालो लागेको छ । आइतबार चाँदीको मुल्यमा पनि वृद्धि भएको छ । चाँदी तोलमा २५ रुपैयाँले बढेर सात सय रुपैयाँमा कारोबार भएको छ । गत दुई सातामा चाँदीको मूल्य पनि लगातार ओरालो लागेको थियो । ratopati

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस