यौन शोषणको आरोपमा र्‍याडिसन होटलका जेनेरल मेनेजर पक्राउ

काठमाडौं, कार्तिक २१ – यौन शोषणको आरोपमा लाजिम्पाटमा रहेको होटल र्‍याडिसनका महाप्रबन्धक अनिल मल्लिकलाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।

मल्लिकलाई प्रहरीले बिहिबार बेलुका रेडिसन होटलबाटै पक्राउ गरेको हो । मल्लिकलाई होटलमै कार्यरत एक महिललाई यौन शोषणको आरोपमा पक्राउ गरिएको हनुमानढोकाका प्रहरी प्रमुख एसएसपी उत्तम कार्कीले रातोपाटीलाई जानकारी दिए ।  

यस विषयमा होटमा जानकारी लिन खोज्दा एक कर्मचारीले यो उच्च पदस्त पदाधिकारीहरुको व्यक्तिगत कुरा भएकाले यसबारेमा केही बोल्न नमिल्ने बताए ।

मल्लिकलाई छुटाउन प्रहरीलाई दबाब दिने कामभइरहेको स्रोतले बताएको छ । - See more at: http://www.ratopati.com

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस