यो बालकलाई किन लगाइयो जालको कभर ?

हामी सिलगढीमा थियौं । सिलगढी बजारको शैलेश्वरी मन्दिर नजिकैको साँघुरो गल्लिमा एउटी महिला बजार झर्दै थिइन् । उनले एउटा बच्चा च्यापेकी थिईन, माछा मार्ने जालले ढाकेर । कहिल्यै नदेखेको दृश्य देख्न पाउँदा अचम्म लाग्नु स्वभाविक थियो । खुलदुलीको सिमा नाघेपछि मैले अभिवादन सहित उनलाई सोधें –‘दिदी फोटो खिच्न मिल्छ ?’ मेरो क्यामरामा यो तस्विर कैद भयो ।


‘बच्चालाई किन जाल ओढाउनु भएको ?’ प्रश्न सुनको नसुन्यै गरेर उनले मुन्टो बटारिन् । ‘बजारमा नराम्रा मान्छेको नजर लाग्छ,त्यसैले बच्चालाई त्यस्तो नजर नलागोस भनेर ओढाएको’ छेउमै रहेकी एक वृद्धा बोलिन । उनी सुदुर पश्चिमकै भाषामा सोध्दै थिईन ‘फुटा त खिच्यारे रुप्या नै हौं दिन्याँ ?’ उनिहरुको वुझाईमा यो जाल वालकको सुरक्षाकवच थियो । बच्चाको नाकवाट सिगान बगीरहेको थियो ।

अनि फोहोर जाल आँखामै टाँसीएको थियो । त्यसले बच्चाको आँखालाई नराम्रो असर पुर्याउन सक्थ्यो तर उनिहरु यसबारे अनभिज्ञ थिए । ‘बच्चा बिरामीनहोस,स्वस्थहोस,बलियो होस भनेर जाल ओढाएको’ ति वृद्धा आफ्नै भाषमा वोल्दै थिईन् । यो समाज यस्तो छ, गरिब,अशिक्षित,पिछडिएका ब्यतmीहरुको निर्दोस नजर लाई अलिच्छिन् र भुतप्रेत को प्रतिक कहलाइन्छ । ति वृद्धाले पनि यहि बुझेकी थिईन ।

मैले ति आमा र दिदीलाई साँझमा आउने ‘तँपाईको रेडियोमाकार्यक्रम’ सुन्न आग्रह गरें । हामी यही कार्यक्रमको प्रभाव, प्रतिकृया र सुझावका लागी त्यहाँ पुगेका थियौं । हामीले गर्भवती महिला, सुत्केरी महिला र दुई बर्षमुनीका परिवारलाई प्रत्यक्ष भेट्न डडेल्धुरा र डोटीका केही ग्रामिण बस्तीहरुको भ्रमण गरयौं । सुदुरपश्चिममा केही खुसीका खबर सुन्यौं केही परिर्बतनका लहर देख्यौं तर माछाको जाल ओढाएर बच्चालाई सुरक्षादिने, स्वस्थ बलियो बनाउने, खराबनजरबाट जोगाउने अन्धबिश्वासी कुराले भने छोईरह्यो । हामीले उत्पादन गरेको रेडियो कार्यक्रम सुदुरपश्चिमको डोटेली भाषामा त्यहाँका सात पहाडी जिल्लाका बिभिन्न एफएम स्टेशनबाट साताको दुई दिन प्रशारण हुन्छ । कार्यक्रममा आमा र बच्चाको पोषणसंगै स्वास्थ्यकाबारेमा छलफल हुन्छ ।

जसलाई सुनौला हजारदिन भन्ने गरीएको छ । सुदूरपश्चिममा अन्धबिश्वास र चेतनाको अभावका कारण बर्षेनी एक हजार नवजातशिशुको अकालमा ज्यान जाने गरेको छ । ति महिलासंग छुटेर म शैलेश्वरी मन्दिरतिर लागें । केहीबर्ष अगाडी शैलेश्वरी मन्दिरमा पनि त्यस्तै रमिता भएको थियो । शैलेश्वरीमा दलितप्रबेश को घटनाले डोटेलीहरुमा अझैसम्म बदनामीको लालमोहर टाँसिएकै छ । यस्ता अनेकौं अन्धबिश्वासले जगडिएको छ सुदुरपश्चम । मिडियाको राम्रो उपस्थिती र समाजिक रुपान्तरणका लागी बर्षौदेखि विभिन्न संघ सस्थाहरु क्रियाशील रहँदा पनी किन हट्दैन अन्धविश्वस ? आखि कहाँ छौं हामी ? - रातोपाटीबाट

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस