बहुविवाह गर्ने श्रीमान–श्रीमती जेल चलान

सुरुङ्गा, मंसीर १३ – बहु विवाह गरेका दमक नगरपालिका– १४ का रामहरि कार्की र उनकी कान्छी श्रीमती सन्ध्या ढकाल शुक्रबार जिल्ला कारागार चलन भएका छन् ।


कार्कीले गत असोज १५ गते सन्ध्यालाई दोस्रो विवाह गरेको भन्दै जेठी श्रीमती कुमारी कार्कीले कात्तिक २४ गते इलाका प्रहरी कार्यालय दमकमा कारबाहीको माग गर्दै जाहेरी दिएकी थिइन् । सोही दिन प्रहरीले रामहरि र सन्ध्यालाई पक्राउ गरी कानुनी कारबाही सुरु गरेको प्रहरी सहायक निरीक्षक वासुदेव चौधरीले जानकारी दिए । उनीहरूलाई जिल्ला अदालत झापाका न्यायाधीश पूर्णश्वरप्रसाद उपाध्यायको इजालासले बिहीबार कारागार चलान गर्ने फैसला गरेको हो । Ratopati.com

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस