पत्रकारसहित सिके राउतका कार्यकर्ता पक्राउ

सार्क सुरक्षालाई चुनौती दिँदै आमसभा गर्न खोजेको आरोप
१० मंसिर, काठमाडौं । सार्कको सुरक्षा व्यवस्थालाई चुनौती दिँदै हुलहुज्जत गर्न खोजेको आरोपमा प्रहरीले सुन्धारा र रत्नपार्क क्षेत्रबाट स्वतन्त्र मधेश अभियन्ता सिके राउतका कार्यकर्तालाई पक्राउ गरेको छ ।
प्रहरीले सिके राउतको आमसभाको समाचार संकलन गर्न गएका पत्रकार वीपी साहलाई पनि पक्राउ गरेको छ ।


नेपालबाट मधेसलाई अलग गर्नुपर्ने अभियान चलाएको आरोपमा राज्य विप्लवको मुद्दा खेपिरहेका राउत विशेष अदालतमा ५० हजार रुपैया धरौटी बुझाएर मंसिर ८ गते रिहा भएका थिए ।
उनले आफ्नो रिहाइपछि सार्क सम्मेलन उदघाटन समारोह भइरहेको राष्ट्रिय सभागृह पछाडि खुलामञ्चमा आमसभा गर्ने तयारी गरेका थिए ।
आमसभाको तयारी गरिरहेका बेला २५ जनाभन्दा बढीलाई पक्राउ गरिएको प्रहरी हिरासतमा रहेका पत्रकार बीपी साहले बताए ।
सार्क सुरक्षाका कारण अति संवेदनशील क्षेत्र मानिएको ठाउँमा आमसभा गर्न खोज्दा केही व्यक्तिलाई नियन्त्रणमा लिएको प्रहरीे जनाएको छ ।onlinekhabar.com

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस