बाबुरामको राजिनामा धम्कीसँगै, ४०४ सभाषद प्रक्रियाको पक्षमा
१७ कात्तिक, काठमाडौं ।
संविधान निर्माण प्रक्रिया अघि बढाउन कंग्रेस, एमाले र राप्रपासहितका दलहरुले संवाद समितिमा प्रस्ताव दर्ता गराएका छन् ।
संवाद समितिको बैठकमा ४०४ जना सभासद्ले संयुक्त रुपमा प्रक्रियामा जानुपर्ने माग गरेका हुन् ।
समिति सभापति बाबुराम भट्टराईले सहमतिको साटो प्रक्रियामा गए राजिनामा दिने चेतावनी दिइरहेका बेला सत्तारुढ दलहरुले प्रक्रियामा जोड दिएर प्रस्ताव राखेका छन् ।
सभापति बाबुराम भट्टराईले यस अघिनै जवर्जस्ती प्रक्रियामा जान खोजिए आफूले राजिनामा दिने चेतावनी दिइसकेका छन् ।
स्रोत nepaliheadlines भिडियो हेर्न तल क्लिक गर्नुहोस :

