१६ लासको लस्कर, भेरीमा आँशुको बाढी, बगरभरी मलामी

सुर्खेत : यतिबेला सुर्खेतको क्षेत्रीय अस्पताल शोकले स्तब्ध छ। १६ लासको लस्कर उठाउन मलामी लाम लागेका छन्। मलामी र आफन्त आउने क्रम जारी छ। रुवाबासी चलिरहेको छ। सिंगो अस्पताल नै शोकमा डुबेको छ। सुर्खेतको सुर्खेतको पोखरीकाँडास्थित भीर आइतबार साँझ भएको दुर्घटनामा ज्यान गुमाएका १६ जनाको आज भेरी नदीमा सामूहिक दाहसंस्कार गरिदैछ। सुर्खेत क्षेत्रीय अस्पतालमा राखिएका शवलाई अन्तिम संस्कारका लागि अस्पतालमा भेरीमा नदीमा लगिदैछ।

अहिले अस्पतालमा मृतकका आफन्त, मलामीको भीड छ। आफन्तका अाँखा अझै ओभाएको छैनन् । अहिले पनि रुवाबासी चलिरहेको छ। दुर्घटनामा मर्ने १६ जना बाजुराको गोत्री गाबिसका हुन्। गाउँलेहरु बस रिजर्भ गरेर मलामी आएका छन्। १६ शवलाई लस्करै लगेर भरीमा जलाउने तयारी छ। भेरी नदीमा मलामी तथा अन्य स्थानीयको भीड लाग्न थालेको छ। मृतकका प्रत्येक परिवारलाई किरिया खर्चबापत २५ हजार उपलब्ध गराइएको छ । कालिकोटबाट कैलालीको टिकापुर लागि छुटेको बस सुर्खेतको पोखरीकाँडास्थित कल्याण काँध नजिक भीरमा खसेर दुर्घटना हुँदा बाजुराको गोत्रिका १६ जनाको ज्यान गएको हो । गाउँभरीका युवाको ज्यान गएपछि गोत्री गाविस शोकमा डुबेको छ ।

दुर्घटनामा ज्यान गुमाउनेमा गोत्री गाविसका पंखे सार्की, मुनराज विष्ट, गोपी सार्की, लालबहादुर दर्जी, रामबहादुर दर्जी, दिलबहादुर सार्की, उज्वल सार्की, लालबीरे दर्जी र उनका छोरा रहेका छन् । त्यसैगरी सोही ठाउँका साउने सार्की र उनकी पत्नी, वीरजीत सार्की, माङ्ले सार्की, दुर्गा विष्ट र अन्य दुईजना पुरुषको ज्यान गएको  भएको पुष्टी भएको प्रहरीले जनाएको छ । उनीहरुको नाम भने खुल्न सकेको छैन् । मजदुरीका लागि भारत जान हिँडेका बाजुरा गोत्रीकै अन्य १५ जना भन्दा बढी युवा घाइते भएका छन्। उनीहरुमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
साभारस्ः अन्नपूर्ण पोस्ट

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस