एन्जेलीना जोली चढेको गाडी दुर्घटना ग्रस्त

हलिउडकी चर्चित नायिका एन्जेलिना जोली चढेको कार लस एन्जलसमा आइतबार राती दुर्घटनाग्रस्त भएको छ । मिरर वेभसाइटका अनुसार आफ्नो नयाँ फिल्म ‘अनब्रोकन’ को सुटिङबाट गरेर फर्किरहेकी उनको चिप्लिएर सडकको किनारामा ठोक्किएको थियो । फलस्वरुपः उनको दुबै टायर पड्किएको छ ।


भाडामा लिएको उनको कार ठोक्किएपछि उनी त्यहि कम्पनीको अर्को कारको प्रतिक्षामा बसिरहेकी थिइन् । स्रोत भन्छ, ‘यो नराम्रो भयो । दुर्घटनामा कारको दुईवटा पाङ्ग्रा फुटेको छ । केहि ठूलो दुर्घटना नभएकोमा यसलाई चमत्कार नै मान्न सकिन्छ नभए एन्जेलिनालाई गम्भि। चोट लाग्न सक्थ्यो ।’ यद्यपी, दुर्घटनामा जोलीलाई केहि चोट पटक लागे नलागेको भने यकिन हुन बाँकी रहेको छ । (एजेन्सी)

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस