सुनको भाउ तोलामा थप एक सय घट्यो
काठमाडौं, पुस १ – साताको तेस्रो दिन सुन तोलामा एक सय रुपैयाँले घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन तोलाको ५२ हजार एक सय रुपैयाँमा कारोबार भएको छ । सोमबार पनि सुन तोलमा एक सय रुपैयाँले घटेको थियो ।
मंगलबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ । चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रतितोलको सात सय १० रुपैयाँमा कारोबार भएको थियो । सोमबार चाँदी तोलाको सात सय २५ रुपैयाँमा कारोबार भएको थियो ।

