प्रियंकाको बढ्दो जवानी

काठमाडौं– बलिउड अभिनेत्री प्रियंका चोपडा ३२ औं वर्षमा प्रवेश गरेकी छिन्। उनी अहिले टर्कीमा जोया अख्तरको फिल्म 'दिल धड्कने दो' सुटिङमा व्यस्त छिन्।


उनले आजको सुटिङ आधा दिन मात्र गर्ने योजना बनाए पनि फिल्म टोलीले साँझ उनका लागि 'सरप्राइज' पार्टी राखेको स्रोतले जनाएको छ। 'प्रियंका आजको दिन आफ्नो परिवारसँग बिताउन चाहन्थिन् तर समय दिइसकेकाले सुटिङमा ढिलाइ नहोस् भनेर उनी सुटिङमा छिन्,' स्रोतले भन्यो।

फरहान अख्तर र अनुष्का शर्मा भारत फर्किइसके पनि अभिनेता रणवीर सिंह र अनिल कपुर टर्कीमै छन्। प्रियंकाका लागि राखिएको पार्टीमा उनीहरूले सहभागिता जनाउनेछन्।'सुटिङ युनिट आजको पार्टी विशेष बनाउने योजनामा छन्। युनिटका सबैले बर्थ डे गर्लका लागि केही न केही योजना बनाएका छन्,' स्रोतले भन्यो, 'प्रियंकाको बर्थ डेका साथै आज फिल्मको आउटडोर सुटिङको अन्तिम दिन पनि हो।'

प्रियंकाको जन्म १८ जुलाई १९८२ मा झारखन्डको जमसेदपुरमा भएको हो, उनले बरेलीमा आफ्नो पढाइ सुरु गरेकी थिइ। पछि लखनउ र मुम्बईमा बाँकी अध्ययन गरिन्। उनी सन् २००० मा मिस इन्डिया प्रतियोगितामा भाग लिँदै दोस्रो भइन् तर पछि उनलाई मिस इन्डियाको ताज पहिर्‍याइयो। त्यसपछि मिस वर्ल्ड प्रतियोगितामा अब्बल ठहरिँदै उनी मिस वर्ल्डको उपाधि जित्ने पाँचौं भारतीय बनिन्।

यसपछि फिल्मी क्षेत्रमा प्रवेश गरेकी उनले सन् २००२ 'ऐतराज'मा नकारात्मक भूमिका स्वीकारिन्। फिल्ममा अक्षर कुमार र करिना कपुरजस्तो स्टार भए पनि उनको भूमिका प्रशंसायोग्य रह्यो। सोही फिल्मबाट उनले 'वेस्ट पर्फमेन्स' अवार्डसमेत जितिन्।

, ,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस