किन आए राष्ट्रसंघका उपमहासचिव नेपाल
काठमाडौं : संयुक्त राष्ट्रसंघका उपमहासचिव एवं शान्ति सेना संचालन विभागमा प्रमुख हेरवे लाडसोउस सोमबार बिहान काठमाडौं आइपुगेका छन्।
नेपाल भ्रमणका क्रममा उनले राष्ट्रपति रामवरण यादव, प्रधानमन्त्री सुशील कोइराला, उपप्रधान तथा गृहमन्त्री वामदेव गौतम, परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे र प्रधानसेनापति गौरवशम्सेर राणासँग भेटने कार्यक्रम रहेको छ।
उपमहासचिव लाडसोउसले आजै अपरान्ह परराष्ट्र मामिला प्रतिष्ठानका अधिकारीहरूसॅग छलफल गदैछन्। दुई दिने नेपाल भ्रमणमा रहेका लाडसोउसलाई नेपाली सेनाका उपरथी पुर्णचन्द्र थापाले त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए।

