लिंगको ठ्लो बनाउन घरै धितोमा
अष्ट्रेलियाका एक ३२ वर्षीय बडि बिल्डरलाई त्यति बेला यति दुःख लाग्यो जब उनले आफ्नो लिंगको लम्बाई बढाउन शल्यक्रिया गराए तर उक्त शल्यक्रिया बिग्रियो जसको परिणाम उनको सात सेन्टिमिटरको लिंग अझ पनि छोटो भयो ।
त्यसैले अब अर्को शल्यक्रियाका लागि उनले ५० हजार डलर खर्च गर्नुपर्ने हुन्छ । अर्को शल्यक्रियाका लागि पनि उनले आफ्नो घर फेरि एकपटक धितो राखेका छन् । अष्ट्रेलियाको एमएसएनको भनाई अनुसार माइक (काल्पनिक नाम) को लिंग अब यति सानो भएको छ कि उत्तेजित अवस्थामा पनि उनको लिंग सात सेन्टि मिटरभन्दा सानो हुने गर्दछ । माइकका अनुसार यो केवल लिंगको कुरा नभई यसले उनको आत्मसम्मानलाई ठेस पुर्याएको जसका कारण उनी निकै तनावमा भएको बताउँछन् । यो कारणले उनी आफ्नो स्कुले जीवनमा पनि निकै तनावमा भएको बताउँछन् ।
उनी भन्छन्, ‘मैले कहिले पनि फुटबल खेल्न सकिनँ र कहिले पनि पुरुषहरुको समूहमा सँगै नुहाउन सकिनँ ।’ (एजेन्सी)

