अर्जेन्टिनाको जर्सी किन्न बालकको अपहरण

मन परेको देशको जर्सी, जुत्तामोजा र मोवाइल किन्न एक किशोरले तीन बालकलाई बन्धक बनाई   अभिभावकसँग फिरौती असुलेका छन् । भरतपुर नगरपालिका ७ का १७ वर्षीय टेकबहादुर सुयलले बडा नम्बर १२का १२, १३ र १४ वर्षका बालकलाई बन्धक बनाई ५० हजार रुपैयाँ असुलेका छन् ।


जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरिक्षक शान्तराज कोइरालाका अनुसार घटना असार ३२ गतेको हो । अर्जुन पनि भनिने सुयलले फुटबल सिकाउने बहानामा ती बालकलाई दिउँसो २ बने नाराणगढस्थित क्याम्पाचौर पुर्याएका थिए ।
त्यहाबाट नजिकैको नारायणी कला मन्दिरमा तीन बालकलाई बन्धक बनाइ अभिभावकलाई फोन गरेर धम्क्याउँदै पैसा मागेका थिए । तीनै अभिभावकसँग सुरुमा १० लाख रुपैयाँ मागेपनि पछि ५० हजारमा सहमति भएछ, कोइरालाले भने ।

सोही दिन अभिभावकले नारायणगढ सहिदचोकमा पैसा बुझाएपछि बालकहरु मुक्त भएका थिए । घटनाबारे प्रहरीले भोलिपल्ट बिहीबार जानकारी पाएपछि किशोरलाई पक्राउ गरेको छ । किशोरले भारतीय टिभी च्यानलमा आउने सिआइडी सिरियल हेरेर पैसाका लागि अपरहण योजना बनाएको बताएका छन् ।(स्रोत :नागरिक दैनिक )

,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस