किंग कोब्रा नाबालकलाई सुरक्षा दिँदै भिडियोसहित

संसारको सबैभन्दा विषालु सर्पको नाममा किंग कोब्राको नाम पनि पर्छ । सर्प भन्ने बित्तिकै धेरै मानिसहरुको सातो जान्छ होला, त्यसमाथि पनि किंग कोब्राको त कुरै नगरौँ । तर दुनियाँमा यस्तो बच्चा पनि छ जसको सुरक्षा किंग कोब्राले गर्ने गर्दछ ।


 जब बच्चा सुत्छ, तब चारवटा कोब्रा सुतिरहेको बच्चालाई चौतर्फी पहरेदार बन्ने गर्दछन् । सुतिरहेको बच्चालाई चारवटा कोब्राले पहरा दिएको भिडियो युट्युबमा निकै चर्चित भइसकेको छ । जसले पनि यो भिडियो हेर्छ, ऊ निकै अचम्मित हुने गर्दछ । यद्यपी, यो भिडियो कहाँको हो र यसमा देखाइएको बच्चा कसको भन्ने कुराको केहि पनि जानकारी दिइएको छैन ।

 अचम्मको कुरा के छ भने, जब यो बच्चा उठ्छ, तब यी सर्पहरुसँग खेलेर बसेको हुन्छ र सर्पहरुपनि ती बालकसँग लुट्पुटिँदै खेलिरहेका हुन्छन् । यो भिडियोको बारेमा जानकारी दिँदै कसैले यो भिडियो कुनै सर्प पाल्ने व्यक्तिले आफ्ना पाल्तु सर्पहरुसँग बच्चालाई राखेर यो भिडियो बनाएको भन्ने जानकारी दिएका छन् ।
Watch in Video


चाहे जे सुकै होस्, मानिस र जनावर बिचको यो प्रेम र आत्मियतालाई यो भिडियोले नयाँ परिभाषा दिएको छ । (एजेन्सी) भिडियोमा हेर्नुस

,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस