सलक्क परेको तथा चायाँ रहित कपाल बनाउन के के खाने जानी राख्नुस

सलक्क परेको तथा चायाँ रहित  सिल्की  कपालमा चाहना सबैमा हुन्छ  यो सबैलाइ थाहा भएकै कुरा हो ।
लामो कपालको चाहना सबैलाई नहुन सक्छ तर सुन्दर कपालको चाहना भने सबैमा हुन्छ । चाहे महिला हुन् वा पुरुष केशको सुन्दरता व्यक्तित्वमा निखार ल्याउनका लागि निकै महत्वपूर्ण हुन्छ । तर सबैको केश आफुले चाहेजस्तो सुन्दर नहुन सक्छ । केशको सरसफाइ तथा आहारविहारमा ध्यान दिन नसक्दा कपालको सुन्दरता गुम्ने मात्र होइन केश झर्ने, फुल्ने तथा चायाँ आउने लगायतका समस्या उत्पन्न हुन्छन् ।


कपाल सुन्दर तथा स्वस्थ बनाउन बाहिरी पोषण वा सरसफाइ जति महत्वपूर्ण छ भित्री पोषण वा व्यक्तिको आहारविहारको सन्तुलन पनि उत्तिकै महत्वपूर्ण हुन्छ । सौन्दर्य विज्ञ तथा चिकित्सकहरुका अनुसार त्यस्ता केही चिजहरु छन् जसको नियमित भोजन गर्न सकियो भने केश सुन्दर र स्वस्थ बन्दछ । केशको सुन्दरता र स्वास्थ्यका लागि आवश्यक खानेकुराहरु निम्न छनः

१.बदामः ओमेगा ३ तथा पोलीफेनोल नामका तत्वले कपाललाई पोषण प्रदान गर्दछन् ।
२.गि्रन टीः यसमा तौल घटाउन सहयो गर्ने मात्र होइन पोलीफिनोल नामको तत्वले कपाललाई चम्किलो पार्ने र चायाँ हटाउने गर्छ ।
३. हरिया सागपातः भिटामिन ए र आइरन तत्व भएकाले हरिया सागपातको भोजनले कपालमा पर्याप्त चिल्लो पदार्थ उत्पादन गरी कपाललाई पर्याप्त प्राणवायु प्रदान गर्दछ ।
४. सिमी तथा अन्य गेडागुडः यसमा हुने भिटामिन बी लगायतका तत्वले कपाल उमार्ने हेयर फोलिकल्सलाई स्वस्थ बनाउँछ ।
५. भटमास, अण्डा तथा पनीरः यी खाद्यपदार्थमा हुने प्रोटिनले कपाललाई स्वस्थ राख्न आवश्यक केराटिन नामको प्रोटिन बनाउन सहयोग गर्छन् ।
६. आँप, किबी, सुन्तला, कागती लगायतका फलफुलः भिटामिन सी युक्त यी फलफुलले कपालको फाइबर उत्पादनमा सहयोग गर्छन् ।स्वासथ्य खबर

,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस