सास फेर्न पनि कर तिर्नुपर्ने
सेल ट्याक्स, इनकम ट्याक्स सर्भिस ट्याक्स र विभिन्न ट्याक्स । तपाईंले धेरै प्रकारको करको बारेमा सुन्नु भएको होला तर के तपाईंले सास फेर्दासमेत कर तिर्नुपर्ने बारेमा सुन्नु भएको छ ? सुन्नु भएको छैन भने पनि अब थाहा पाउनुहोस् । अब शुद्ध हावामा सास फेर्दासमेत तपाईंले त्यसबापत् कर तिर्नुपर्ने हुन्छ ।
भेनेजुयलाको सबैभन्दा ठूलो अन्तराष्ट्रिय विमानस्थल कराकसको मायकेतियामा यात्रीहरुले स्वच्छ हावामा सास लिँदा पनि कर तिर्नुपर्ने भएको छ । करको रकम पनि सानोतिनो होइन । स्वच्छ हावामा सास लिँदा यात्रुहरुले २० डलर रुपैँया चुकाउनुपर्ने छ । भेनेजुयला विमानस्थलद्वारा जारी गरिएको यो नयाँ करको विषयमा सोसल मिडिया विशेषगरी ट्विटरमा यसको निकै खिल्ली उडाइएको छ भने आलोचना पनि निकै भइरहेको छ । यो नयाँ ट्याक्स एयरपोर्टमा हावालाई शुद्ध गर्नका लागि प्रयोग गरिएको नयाँ प्रविधिको शुल्कका लागि लगाईएको बताइएको छ ।
शुद्ध हावाका लागि बनाइएको यो नयाँ प्रवधिले ओजोनको मद्दतले यहाँ लगाइएको एयर कन्डिस्निङ सिस्टमलाई शुद्ध गर्ने बताइएको छ । भेनेजुयलाको वाटर एण्ड ट्रान्सपोर्ट मिनिस्ट्रिको अनुसार यो प्रविधिले हावामा ब्याक्टेरियालाई बढ्नबाट पनि रोक्ने छ । लागु गरिएको नयाँ करलाई त्यहाँका नागरिकहरुले घोर विरोध गरेका छन् । भेनेजुयलामा पहिलेदेखि नै भयंकर महंगाई, उच्च आपराधिक क्रियाकलाप र आवश्यक वस्तुहरुको कमीका कारण मानिसहरु तनावमा छन् । यस्तो अवस्थामा नयाँ करका कारण नागरिकहरु रुष्ट हुनु स्वभाविक नै हो । एजेन्सी

