कोशी व्यारेजमा खतरा रेड लाइट एलर्ट
कोशी ब्यारेजमा रातो बत्ती, आसपासका बासिन्दा त्रसित
इटहरी : पूर्वी पहाडी जिल्लामा अत्याधिक वर्षा सुरु भएपछि सप्तकोशीमा पानीको बहाव बढेपछि खतरा उत्पन्न भएको छ। आइतबार सप्तकोसी नदीमा प्रति सेकेण्ड २ लाख १८ हजार ६ सय क्युसेक पानी मापन गरिएपछि सप्तकोसी आसपासका क्षेत्रका बासिन्दा त्रसित भएका छन्।सप्तकोसीमा बढेको पानीको बहाव यो बर्षकै उच्च हो। यस अगाडि गत असार ९ गते सप्तकोशीमा पानीको बहाव प्रतिसेकेण्ड २ लाख ११ हजार ३ सय ९६ क्युसेक रहेको थियो। सप्तकोशीमा सामान्यतया प्रति सेकेण्ड एक लाख ५० हजार क्युसेक पानी नाघेपछि खतरा मानिन्छ।
सप्तकोसीमा पानीको बहाव आइतवारबाट ह्वात्तै बढेपछी सप्तकोसी नदीको कोसी व्यारेजमा खतराको संकेत स्वरु प रातो बत्ती बालिएको छ। सप्तकोसिमा पानीको बहाव बढेपछी स्थानिय प्रशासनले सप्तकोसीबाट क्षति हुने संभावित क्षेत्रमा नेपाल प्रहरी, ससस्त्र प्रहरी परिचालन गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी सुर्दशन ढकालले जानकारी दिए।
त्यस्तै सप्तकोशीमा नदीबाट हुने क्षतिलाई न्युनीकरण गर्न कोशी व्यारेजमा नेपाली सेनाको तालीम प्राप्त टोली तयारी अवस्थामा राखिएको नेपाली सेनाको पूर्वी पृतना इटहरीका पृतनापती विनोज बस्न्यातले जानकारी दिए। सप्तकोसीमा पानीको बहाव बढेपछि खतराको संकेत स्वरुप रातो झण्डा समेत गाडिएको कोसि व्यारेजका प्राविधिकहरूले जानकारी दिएका छन्। सप्तकोसीमा पानीको बहाव बढेपछी कोसि व्यारेजमा आवत जावत गर्ने सवारी साधन संचालनमा समेत उच्च सर्तकता अपनाएको प्रहरी चौकी कोसि व्यारेजका प्रहरी नायव उपरीक्षक खगेश्वर खतिवडाले बताए।
आइतबार दिउँसो सप्तकोसिमा पानीको बहाव घटेर १ लाख ९८ हजार १ सय १५ क्युसेकमा झरेको भएपनि बेलुकीपख पानीको बहाव फेरी बढेको प्रहरीले बताएको छ। पानीको बहाव बढेपछि सप्तकोसीमा यातायातका साधन आवत जावतमा एक तर्फि गरिनुका साथै चालक तथा सर्बसाधारणलाई सचेत गराउन ओटामेटिक रु पमा कोसी व्यारेजमा रातो बत्ती समेत बालिएको छ।
पानीको बाहाव बढेपछी कोसी व्यारेजका ५६ ढोका मध्य २९ ढोका खुल्ला गरिएका छन्। भारत सरकारको नियन्त्रणमा रहेको सप्तकोसी नदीमा पानीको बहाव बढ्दा समेत अन्य ढोकाहरू नखोलिउको भन्दै स्थानियवासिन्दाले विरोध जनाएका छन्। सप्तकोसीमा पानीबो बहाव बढेपछी जिल्ला प्रशासन कार्यालयवाट कोसी व्यारेज सप्तकोसि प्रभावित क्षेत्रको स्थलगत निरिक्षण गर्न टोली खटाइएको प्रजिअ ढकालले जानकारी दिएका छन् अन्नपुर्णपोस्टमा छापिएको छ ।
गत २०६५ साल भदौ २ गते राति सप्तकोसी नदीले कटान गर्दा पानीको बहाव एक लाख ६८ हजार क्युसेक रहेको थियो। त्यतिखेर सप्तकोसले कटान गर्दा सुनसीका पश्चिमकुशाहा, लौकही, हरिपुसर र श्रीपुर गाविसमा ठुलो धनजनको क्षति पु:याएको थियो। सप्तकोसीबाट विस्थापित भएका हजारौ सर्वसाधारणले अझै आफ्नो घरजग्गामा पुन: स्थापित भएका छैनन्। कोसी कटानका कारण हजारौ हेक्टर जमिन अझै मरु भुमि बनेको छ।

