त्रिचन्द्र क्याम्पसमा खुकुरी प्रहार र आगलागी
काठमाडौं : त्रिचन्द्र क्याम्पसमा अध्ययनरत एक विद्यार्थीलाई खुकुरी प्रहार भएको छ। एमालेसम्वद्ध अखिलका समर्थक प्रेम केसीलाई नेवि संघ समर्थित कार्यकर्ताले खुकुरी हानेको आरोप अखिलले लगाएको छ।खुकुरी प्रहारबाट घाइते भएका केसीको मोडल अस्पातालमा उपचार भइरहेको छ। घटनापछि दुई विद्यार्थी संगठनबीच झडप भएको छ।झडपको क्रममा क्याम्पसमा आगलागी भएको छ।
अहिले क्याम्पसमा तनावपूर्ण अवस्था छ। प्रहरीले आगलागी नियन्त्रणमा लिएर क्याम्पसलाई सुरक्षाघेरामा राखेको छ। यसअघि पनि त्रिचन्द्र क्याम्पसमा खुकुरी प्रहारका घटना हुँदै आएका छन् ।
तस्बिर : फेसबुक (सुरेन्द्र थापा)

