खुसीसँगै मिसिएको पीडामय जिन्दगी

काठमाडौ, श्रावण १५ - दशैभरिका जिल्ला प्रशासन कार्यालयहरूमा जस्तै मध्य र पश्चिम तराईमा पनि नागरिकता बनाउने र राहदानी लिनेको घुइँचो देखिन्छ। यस आउनेमा भर्खरका युवायुवती धेरै हुन्छन्। उच्च शिक्ष अध्ययनका लागि कलेज छनोट गर्ने बेला किशोरकिशोरी खाडी र युरोपका मुलुक रोज्छन्।

यसमा अभिभावकको रोकतोक छैन। मध्य क्षेत्रका प्रायः घरबाट कम्तीमा एकजना वैदेशिक रोजगारमा पुगेका छन्। यो करम थामिनुको सट्टा झन् बढेको छ। यसले पीडा र खुसी बराबर दिएको छ। यसबारे चितवनबाट विमल खतिवडा, हेटौंडाबाट प्रताप विष्ट, वीरगन्जबाट भूषण यादव, बाराबाट लक्ष्मी साह, सर्लाहीबाट अमन कोइराला, बुटवलबाट अमृता अनमोल, कपिलवस्तुबाट मनोज पौडेल र परासीबाट बेचु गौंडको रिपोर्टः

मकवानपुरको शिखरपुर ३ का शंकर वाइबा २० वर्ष टेके। उनलाई रोजगारीका लागि विदेश जाने रहर जागेको छ। गत आइतबार उनी जिल्ला प्रशासन कार्यालयमा राहदानी बनाउने लाइनमा थिए। खेती किसानीबाट खानलाउन धौधौ परेपछि उनी बिदेसिन लागेका हुन्। १० कक्षसम्म अध्ययन गरेर छाडेका उनका छिमेकी ४ युवा कतार पुगेका छन्। उनीहरूले डाकेका कारण उनी जान लागेका हुन्। शिखरपुरका अधिकांश युवा मुलुकबाहिर छन्। उनीहरूको गन्तव्य खाडी मुलुक हो।



गत आर्थिक वर्षमा जिल्ला प्रशासनबाट ८ हजार ४ सयले राहदानी बनाए। त्यसमध्ये २ हजार ३ सय ११ जना महिला छन्। नागरिकता लिन आउनेभन्दा राहदानी बनाउनेको संख्या बढ्दै गइरहेको छ। 'दैनिक ३० जनासम्म राहदानी बनाउन आउने गरेका छन्,' सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले भने, 'सबै युवाहरू बिदेसिन मात्रै खोजेका देखिन्छन्।'

चितवनको भरतपुर १२ का मनोज रेग्मी उच्च शिक्षा अध्ययन छाडेर १ वर्षअघि बिदेसिए। उनी स्थानीय विद्यालयमा कम्प्युटर शिक्षक थिए। खर्च चलेको थियो। खाडीमा ३ दशक बिताएका आप्mना बाबु फर्केपछि उनी बिंडो थाम्न गएका हुन्। अहिले चितवनलगायत जिल्लाका घरैपिच्छेबाट कम्तीमा १ जना खाडीलगायत युरोपका मुलुकमा छन्। पलायन हुनेमा सहरका जागिरे, पत्रकार, वकिल, व्यापारी पनि छन्। बर्सेनि रोजगारी र अध्ययनका लागि बिदेसिनेको संख्या बढ्दो छ।

मकवानपुरको छतिवन ८ का २२ वर्षीय धनबहादुर मोक्तानको घरको आर्थिक अवस्था राम्रै छ। खेतबारीमा काम गर्न दिक्क लागेकाले उनले विदेश जान खोजेको बताए। 'अल्छीपनले बिदेसिने धेरै छन्,' छतिवनका दलबहादुर वाइबाले भने, 'यहाँ बाख्रा चराउन लाज मान्नेले पनि विदेश गएर गोठालो नै बन्ने हो।' शिक्षा र स्वास्थ्य सपि्रयो वैदेशिक रोजगामा गएका व्यक्तिका परिवारमा सकारात्मक प्रभाव पनि देखिएका छन््। धेरैले घरजग्गा जोडेका छन् भने सन्तानको शिक्षादीक्षामा पनि खर्च गरिरहेका छन््। अधिकांशले छोराछोरीलाई राम्रो शिक्षण संस्थामा उच्च शिक्षा प्रदान गरेका छन्। लवाइखवाइ र जीवशैलीमा परिवर्तन आएको छ। वैदेशिक रोजागारीले सर्लाहीमा पनि शिक्षा र स्वास्थ्यमा सकारात्मक प्रभाव पारेको छ। कमाइले सन्तानलाई राम्रो शिक्षा दिने प्रतिस्पर्धा बढेको छ। पौष्टिक खाना, राम्रो अस्पतालमा स्वास्थ्य परीक्षण गराउने बढेका छन्। ३ वर्ष साउदी बसेर फर्किएका जब्दीका विष्णु केसीले विदेशबाट र्फकेपछि जस्तो भए पनि काम गर्नुपर्छ भन्ने मान्यता विकास हुने बताए।

वैदेशिक रोजगाका समस्या सामाधानका लागि सक्रिय 'सहयोगी समाज नेपालका' अवन्द चौधरीले आर्थिक रूपमा समृद्धि बढेको बताए। 'सामाजिक रूपमा केही नकारात्मक प्रभाव भए पनि तुलनात्मक रूपमा सकारात्मक नै छ,' उनले भने, 'सीप र जाने देशको नियम बुझेर जाँदा अझ बढी फाइदा लिन सकिन्छ।' बेरोजगार युवा अलपत्र परेर बस्दा हुने नकारात्मक प्रभाव वैदेशिक रोजगारले नै रोकेको उनले बताए।

उद्यमी बन्ने लहर

विदेशबाट फर्केकाहरूले अहिले विभिन्न क्षेत्रमा लगानी गरेका छन्। उनीहरूले कृषि, व्यापार, पर्यटन र सीप मुलुक कार्यमा लगानी गरिरहेका छन्। उनीहरूले विदेशको शैली अपनाएर थालेको व्यवसाय सफल पनि भइरहेको छ। यिनैमध्येका हुन् बाराको निजगढ ७ का २८ वर्षीय सरोज कोइराला। उनी १२ कक्षा पढेर घरायसी समस्या टार्न ४ वर्षअघि दुबई पुगेका थिए। १ लाख ३५ हजार खर्चेर गएका उनले फर्किंदा १ लाख ६० हजार ल्याए। हरेस खाएर आएका उनी अहिले उद्यमी बनेका छन्।

उनी भन्छन्, 'भाषा, प्राविधिक तालिम नहँुदा सम्झौताअनुसारको काम पाइएन। बिमा पनि थिएन, त्यसैले दुखः सहेर जसोतसो ग जोगिएर आएँ। अब त आफैं उद्यमी छु, अरूलाई समेत बनाएको छु।' उनले व्यवसाय परामर्श तथा तालिम केन्द्र सञ्चालनमा ल्याएका छन्। कोइराला भन्छन्, 'उद्यमशीलताको विकाससँगै युवाहरू विदेश पलायन हुनबाट जोगिएका छन्।' जिल्ला प्रशासनको राहदानी फाँटका बालकृष्ण कर्णका अनुसार गत वर्ष १६ हजारले राहदानी लिएकामा ६० प्रतिशत युवा पलायन भएका छन्।

आत्मनिर्भर बन्दै महिला

रूपन्देहीको फर्साटिकर २ की यमुना पाण्डेले ५ वर्ष साउदी अरबमा बिताइन्। १८ घन्टासम्म काममा घोटिँदा पनि भनेजस्तो कमाइ भएन। त्यसपछि उनले घर फर्केर कुखुरा पाल्न थालिन्। सस र बेक बनाउन थालिन्। एक वर्षमा झन्डै डेढ लाख बचाइन्। यमुनाजस्तै ५ वर्ष साउदीअरबमा रोजगारी गरेर फर्केकी तारा क्षत्रीले पनि अहिले घरमै कुखुरा पालेकी छन्। तिलोत्तमा नगरपालिकाको शंकरनगरकी ३६ वर्षे ताराका खोरमा अहिले एक हजार बढी कुखुरा छन्। यसबाट सिजनमा ६० हजार कमाइ हुन्छ।

पछिल्लो समयमा वैदेशिक रोजगाबाट फर्केका महिला स्वरोजगार बन्ने लहर चलेको छ। उनीहरू तरकारी खेती, बाख्रापालन, कुखुरा पालन, ठेलामा व्यापार, खुद्रा पसल, होटल तथा नास्ता पसललगायतमा संलग्न छन्। विदेशको दुःखले मेहेनत गर्न सिकाएको बताउने केही आप्रवासी महिला भने पुरुष व्यवसायीसँग टक्कर दिने लाखौंको व्यापारमा पनि संलग्न हुन लागेका छन्। त्यसमध्येकी हुन् बुटवल हाटबजार लाइनकी भिमसरा राना। ७ वर्ष बढी वैदेशिक रोजगारमा बिताएकी राना अचार उद्योगबाट लाखांै कमाउँछिन्। एक लाखको लगानीबाट सुरु भएको उनको कारोबार आधा करोडमा पुगेको छ।

बिचौलियाले समस्या

मासिक पारिश्रमिक ८ सय रिंगिट (२४ हजार रुपैयाँ) पाउने आसमा कपिलवस्तु ७ का नुरआलम खान प्लास्टिक कम्पनीमा रोजगारी गर्न मलेसिया हानिए। डेड लाख खर्चेर पुगेका उनले आश्वासनअनुसार केही पाएनन्। काठमाडौंको मेनपावरमार्फत ३ वर्षका लागि गएका उनी ४० दिनमा स्वदेश फर्किए। '८ घन्टा कामको ८ सय रिंगिट भनेको थियो, १२ घन्टा गराएर ८ सय दियो,' उनले भने, 'पारिश्रमिक र अधिकारसम्बन्धी सही सचूना पाइँदैन, विदेश पुगेपछि समस्या झेल्नुपर्छ।'

कपिलवस्तु ४ महिताका रामवृक्ष कुर्मी बिचौलियाको सूचनामा भर परेर कतार जाँदा दुःख पाएर फर्किएका छन्। ८ घन्टाभन्दा बढी गरे ओभरटाइम पाउने बताएका थिए। भनेअनुसारको सुविधा नपाएपछि उनी ३ महिनामा फर्किए। '८ घन्टा कामको तलब १२ सय रियाल -३२ हजार रुपैयाँ) हुन्छ भनेर गएँ तर १२ घन्टा काम गर्दा ८ सय रियाल पो दियो,' घरखेत बेचेर विदेश गएको सुनाउँदै उनले भने, 'चारैतिर बिचौलिया छन्, मलाई घर न घाटको बनाए।' जिल्लास्थित डुमराको दलालमार्फत उदय टे्रडिङ कम्पनीबाट आफू गएको उनले सुनाए।

यसरी पीडा भोगे पनि बिदेसिने लहर घटेको छैन। जिल्ला प्रशासनको तथ्यांकअनुसार अघिल्लो आवमा ११ हजार मेसिन रिडेबल पासपोर्टर् (एमआरपी) वितरण भएको थियो। गत आवको ११ महिना जेठ सम्म ११ हजार २ सयले एमआरपीका लागि सिफारिस लिएका छन्। गत सोमबार ८६ जनाले एमआरपी पाए, जसमध्येको ठूलो संख्या वैदेशिक रोजगारमा जाने कामदारको छ।

५ महिनामा ५ को मृत्यु

वैदेशिक रोजगारमा गएका नवलपरासीका ५ जनाको ५ महिनामा मृत्यु भएको छ। २ को मलेसिया, २ को साउदी अरब र एकको कतारमा मृत्यु भएको हो। प्रगाति नगरका प्रेमलाल आले र शिवमन्दिरका ऋषिराम कँडेलको साउदीमा मृत्यु भएको हो। धौवादीका हुमिन्द्र चितौरेको कतार र बडहरादुबौलियका प्रकाश कहाँर र रामग्रामका एक व्यक्तिको मलेसियामा मृत्यु भएको कावासोतीस्थित वैदेशिक रोजगार सूचना केन्द्रले जनाएको छ।

मृतक प्रेमलाल र हुमिन्द्रका परिवारले ८ लाखका दरले राहत र क्षतिपूर्ति पाएका छन्। ऋषिरामका परिवारले साढे ६ लाख प्राप्त गरेका छन्। मलेसियामा मृत्यु भएका व्यक्तिका परिवारले क्षतिपूर्ति र राहत पाउने प्रक्रियामा छ। सुरक्षित आप्रवासन परियोजना (सामी) अन्तर्गत स्थापना गरिएको सो सूचना केन्द्रमा पाँच महिनाको अवधिमा ४७ वटा वैदेशिक रोजगारसम्बन्धी घटना दर्ता भएका छन्। यसमा २१ वटा ठगी छन् र २० जनाको उद्धारसम्बन्धी छन्। नवलपरासीबाट वाषिर्क २० हजार हाराहारीमा राहदानी बन्ने जिल्ला प्रशासनले जनाएको छ।

पारिवारिक 'विचलन’

चितवनकी अधिवक्ता इन्दु कोइरालाका अनुसार पछिल्लो समयमा २५ प्रतिशत सम्बन्धविच्छेद वैदेशिक रोजगारीका कारण हुने गरेका छन्। 'वैदेशिक रोजगारले गर्दा सम्बन्धविच्छेदका घटना बढेका छन्,' उनले भनिन्, 'महिलालाई मात्र कारण देखाइन्छ, तर पुरुष पनि यसका कारण हुन्।' उनले महिलालाई कोहीसँग बोल्नासाथ शंका गर्ने बानी र बढी स्वतन्त्रताले गर्दा घटना बढेको बताइन्। उनका अनुसार वैदेशिक रोजगारबाट फर्किंदा श्रीमतीले घर छाडेर हिंडेको, सम्पत्ति सकेको र नितान्त व्यक्तिगत मान्छेसँग सम्बन्ध बनाउनाले सम्बन्धविच्छेदका लागि कानुन व्यवसायीसँग आउने गर्छन्। प्रहरीमा पनि सम्बन्धविच्छेदका उजुरी आउने क्रम बढ्दो छ।

डीएसपी शान्तिराज कोइरालाका अनुसार पछिल्लो समय वैदेशिक रोजगाबाट फर्किएपछि सम्बन्धविच्छेदका लागि उजुरी पर्ने क्रम बढेको छ। प्रहरीका अनुसार लामो समय वैदेशिक रोजगारबाट फर्किएकाका पत्नीले अरूसँग सम्पर्क बढाउने गरेका छन्। छोराछोरी नै छाडेर परपुरुषसँग लाग्ने र उताबाट श्रीमान्ले पठाएको रकमसमेत मोजमस्तीमा खर्च गर्ने गरेको पाइएको छ। 'यस्ता घटना बढ्दै गएका छन्,' डीएसपी कोइरालालो भने, 'श्रीमान्ले उताबाट पठाएको रकम धेरै ब्याज आउने प्रलोभनमा बिना कागज सापट दिने, तर पछि फिर्ता नहुने गरेका घटना पनि बढी फेला पर्ने गरेका छन्।' परिवार पाल्न धौधौ भएर बाहिरिनेले फर्किंदा निराशा र बेचैनी बेहोर्नुपर्ने घटना बढेका छन्। खुसीसाथ छाडेको परिवार फर्किंदा टुट्ने गरेको कोइराला बताउँछन्।

छोरा फर्केनन्

गत चैत तेस्रो साता पर्साको धाबिनी-४ का परमा कुर्मीका घरमा कतारबाट कान्छा छोराको शव आयो। २ महिना १० दिनपछि उमेश पटेलको शव आयो। कतारको अल्माहा कन्स्ट्रक्सनमा बिजुली फिटिङको काम गर्ने उनी राति कोठामा सुतेपछि बिहान बिउँझेनन्। उनीसँगै गाउँका विजय पटेलको पनि मृत्यु भएको थियो। चार वर्ष पहिले भारतको लद्दाखमा परेको भीषण पानीले ल्याएको पहिरोमा माइँलो राजेश्वर बगेको कुर्मी सुनाउँछन्। '२ छोराका ५ नाबालिक छोराछोरी छन्, यिनीहरूको पालनपोषण कसरी गर्नु,' उनले दुःखेसो गरे।

विदेश पठाउँदा साहुमहाजनबाट लिएको ऋण अझै तिर्न बाँकी छ। माइँलालाई पठाउँदा ४ कट्ठा र कान्छो पठाउँदा ५ कट्ठा खेत राखेर सयकडा ५ मा २ लाख ३० हजार ऋण लिएको उनले सुनाए। जेठो छोरो नागेश्वर मन्द बुद्धिका भएकाले घरमै बस्छन्। '१२ जनाको परिवार पाल्ने कुनै आधार छैन,' उमेशकी आमा कान्तीदेवी भन्छिन्। माइँलो छोरो बितेको पीडा कम नहुँदै कान्छालाई पनि गुमाएपछि उनी भयभीत छिन्। घरमा कोही महिला आए कि छोरो विदेश नपठाउन उनी हात जोडेर आग्रह गर्छिन्। यहाँबाट वैदेशिक रोजगारमा गएका ६ युवाको मृत्यु भइसकेको छ। पछिल्लो समय मधेसबाट ठूलो संख्यामा युवा वैदेसिन थालेका छन्।

'४ वर्षदेखि जेलमा’

४ वर्षदेखि मलेसियाको कारागारमा थुनिएका कपिलवस्तु महराजगन्ज २ का युवालाई रिहा गराउने प्रयासमा परिवारको उठिबास लागेको छ। खेतबारी धितो राखी रोजगारीका लगि गएका ३३ वर्षे छोरा विन्देश्वरप्रसाद कुर्मीलाई थुनामुक्त गराउन पैसा पठाउँदा पनि रिहा नभएपछि परिवार सुकुम्बासी अवस्थामा पुगेको हो। ०६५ असार १६ मा उडेका कुर्मी भियतनामी युवतीलाई बलात्कार गरी हत्या गरेको आरोपमा थुनामा छन्।

छोराको अवस्था थाहा नहुँदा परिवार तनावमा छन्। दाजु विश्वम्भर कुर्मीले ०६९ पुसमा तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईलाई सहयोग माग गर्दै निवेदन पेस गरेको बताए। प्रधानमन्त्रीले मलेसियास्थित राजदूतावासमा फोन गरेका थिए। ekantipur

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस