अमिबाले दिमाग नै खाइदिएपछि

अमेरिका– अमेरिकाको केन्सासको स्प्रिंग हिलमा बस्ने नौँ वर्षीया हेलीको मृत्यु एक दुर्लभ किसिमको अमिबा (जिवाणु)बाट भएको छ । यो जिवाणुले हेलीको दिमाग खाइदिएको थियो ।

हेली एक निकै राम्रो पौडी खेल्ने गर्दथिन् र उनलाई पानीमा खेल्न निकै रमाइलो लाग्ने गर्दथ्यो । तर यहि पानी उनको मृत्युको कारण बनेको छ । एक दिन पौडी खेल्ने क्रममा ताजा पानीमा बस्ने अमिबा (जिवाणु) उनको नाकको बाटो भएर उनको दिमागसम्म पु्ग्यो । दिमागमा पुगिसकेपछि उक्त ओमिबाले बिस्तारै बिस्तारै उनको दिमाग खान थाल्यो जसका कारण केहि समयमा नै उनको मृत्यु भयो । यो एक दुर्लभ किसिमको अमिबा हो जुन तलाउ, नदि अथवा झरनाहरुमा पाइने गर्दछ ।

यो अप्रत्यासित घटनाका कारण हेलीको पूरै परिवार स्तब्ध छ । हेलीका बुवाले भने, ‘हाम्रो परिवार वाटर स्पोर्टस्मा निकै सक्रिय छन् । हेलीसँग भएको यो घटनाले हामीलाई निकै मर्माहित तुल्याएको छ ।’
पछिल्लो ५० वर्षमा अमेरिकामा ‘नाइगलेरिया फ्यालेरी’ नामक अमिबाका कारण भएको यो २०० औँ घटना हो । केन्सासको भने यो दोस्रो घटना हो । उपचारमा संलग्न व्यक्तिका अनुसार यो ओमिबा नामको बाटो हुँदै दिमागसम्म पुग्ने गर्दछ र एक पटक यो दिमागमा बसेमा केहि पनि गर्न सकिने छैन । गर्मीको मौसममा यसको जोखिम उच्च हुने उनको भनायई छ । (एजेन्सी)

,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस