तिघ्रा मा लुकाएको ८ केजी सुनसहित शेर्पा पक्राउ
सिन्धुली: खासाबाट तिघ्रा र शरीरका विभिन्न भागमा लुकाएर नेपाल ल्याउन लागिएको ८ केजी सुनसहित तातो पनी बस्ने ३१ वर्षीय साम्देन शेर्पा पक्राउ परेका छन। उनलाई तातोपानी भन्सार गेटमा बिहान साढे नौ बजे भन्सारका कर्मचारी र सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको हो।
उनले उक्त सुनलाई शरीरका विभिन्न भागमा लुकाएर खासाबाट नेपाल ल्याउन लागेका थिए।
पक्राउ परेका शेर्पालाई सशस्त्र प्रहरीको टोली र भन्सारका कर्मचारीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छन्।जुरे पहिरोले सुनकोशी थुनिएपछि झन्डै एक महिनादेखि अवरुद्ध कोदारी राजमार्ग छ।
मूल सडक अवरुद्ध भएपछि सुन तस्करीमा संलग्न गिरोहले चोर नाका प्रयोग गरेर सुन भित्राउने धन्दा बढेको छ। अन्नपूर्ण पोस्टबाट

