व्यायाम गर्दाखेरी तौल घट्छ भन्नु भ्रम मात्र

तौल घटाउनका लागि जिम जाने सोच बनाउँदै हुनुहुृन्छ भने एकपटक फेरी सोच्नुहोस् ।

‘द हास्ट डाइट’ का सह–लेखक र ५:२ आहारका सूत्रधार माइकल मूसलेको दाबी छ, ‘व्यायामले वास्तवमा न त तौल घटाउँछ न त मूडमा नै सुधार ल्याउन मद्दत गर्दछ ।’ ब्रिटेनको एक टेलिभिजन च्यानलमा एउटा कार्यक्रममा उनले भने, ‘अधिकांस मानिसहरु व्यायाम गरिसकेपछि जे खाए पनि हुन्छ र जिम जाँदा खुसी रहन मद्दत गर्छ भन्ने सोच्ने गर्दछन् ।’ ‘तर यो सहि होइन, ’ उनले भने, ‘व्यायामले तौल बढ्नबाट रोक्ने गर्दछ तौल कम गर्न होइन । ’

यसको व्याख्या गर्दै उनी भन्छन् कि व्यायाम क्यालोरी कम गर्नमा त्यति सहायक हुँदैन जति मानिसहरु सोच्ने गर्दछन् । डेली मेलका अनुसार, ‘मूसल लेख्छन्, ‘एक पाउन्ड (लगभग आधा किलोग्राम) बोसोमा ३,५०० क्यालोरी उर्जा हुने गर्दछ । त्यसकारण यसमा डाइनामाइटमा भन्दा पनि धेरै उर्जा हुने गर्दछ । त्यसैले एक पाउन्ड बोसो घटाउनका लागि तपाईं ३८ माइल (६१.१५) दौडिनुपर्ने हुन्छ ।’

उनले भने, ‘यहि कारणले गर्दा जिम जाने मानिसहरु आफ्नो तौल घटाउनमा त्यति सफल हुँदैनन् ।’ (एजेन्सी)

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस