पी के को रहस्य सार्वजनिक

पीकेको रहस्य खुल्यो, अमिरलाई तनाब
मुम्बई । सिनेमाको पोष्टरको कारण चर्चामा आएको फिल्म ‘पीके’को कथा सार्वजनिक भएपछि अमिर खान तनाबमा छन् ।

सिनेमाको नयाा पोष्टर संगै कथाको एउटा प्लट पनि सार्वजनिक भएको छ । एक वेभसाईटले जनाए अनुसार अमिर खानले यस फिल्ममा एलियनको भुमिका निर्वाह गरेका छन् । जो आकाशवाट धर्तिमा आउछन् र भगवानको खोजीमा जुट्छन् ।

उनि यस्ता ऐलियन हुन् जो भगवान विना संस्ाारको कल्पनै गर्न सक्दैनन् । भगवानले नै आफ्ना ग्रहको रक्षा कसरि गर्ने भनेर उपाय सिकाउछन् भन्नेमा उनि विश्वस्त हुन्छन् ।

आफ्नो ग्रह रक्षा गर्नसक्ने भगवानको खोजी गर्ने क्रममा एक वेश्यासंग भेट हुन्छ एलियनको ।


 वेश्याको भुमिकामा देखिएकी छिन् अनुस्का शर्मा । कतिपयले अक्षय कुमार र परेश रावलको ‘ओ माई गढ’वाट अमिर प्रभावित भएको पनि टिप्पणी गरेका छन् । अनलाइन खबर

, , ,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस