कोही नभएको मौका छोपी झुन्डिएर आत्महत्या

कञ्चनपुर, भदौ १ – बेलौरी नगरपालिका–९ भगतपुरका ४९ वर्षीय वासुराम चौधरीले आइतबार झुन्डिएर आत्महत्या गरेका छन् । घरमा कोही नभएका बेला चौधरीले घरको कोठामा झुन्डिएर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक युवराज भण्डारीले बताए ।


 मृतकको शव परीक्षणका लागि महाकाली अञ्चल अस्पताल महेन्द्रनगरमा पठाइएको छ । आत्महत्या गर्नुको कारण खुल्न नसकेकाले अनुसन्धानको कार्यलाई अगाडि बढाइएको प्रहरीले जनाएको छ । रातोपाटी

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस