गुगल बारेका यी रोचक तथ्यहरू जाखिराख्नुस

इन्टरनेट जायन्ट गुगल सूचना प्रविधि क्षेत्रको वादशाह नै हो । सर्च इन्जिन, अनलाइन विज्ञापन, इमेल मात्र नभै गुगल प्लस जस्तो सोसल मिडिया, स्मार्टफोनको चर्चित अपरेटिङ सिस्टम एन्ड्रोइड देखि लिएर स्मार्टफोन, स्मार्ट घडी तथा स्मार्ट चश्मा जस्ता हार्डवेयरको क्षेत्रमा समेत गुगलले आफ्नो प्रभुत्व स्थापित गरिरहेको छ ।


एकै समयमा धेरै चिजको सामना गरिरहेको गुगलमाथि कहिलेकाहीँ सिर्जनात्मकता नभएको तथा यसका सेवाहरुमा कुनै त्यस्तो उल्लेखनीय तथा अनौठो तथ्य नभएको भनि आलोचना समेत हुने गरेको छ ।
तर, आलोचकहरुले भनेजस्तै उतिसारो निरस भने छैन् गुगल । गुगलका सेवाहरु उत्कृष्ट त छन् नै यसका सेवा तथा सर्त सम्बन्धि केही तथ्यहरु निकै रोचक पनि छन् । गुगल सम्बन्धि केही रोचक तथ्य यस्ता छन् :

१. गुगल सर्चमा केही कुरा खोज्दा त्यसको नतिजा देखाउनुअघि गुगलले २ सय भन्दा बढि पक्षहरुलाई ध्यानमा राखि खोजी गरिएका विषयका नतिजा देखाउँछ । यो काम यति छिटो हुन्छ की एक सेकेण्डको पनि केही अंश समयभित्रैमा सबै पक्षहरुको हिसाबकिताब गरि नतिजा स्त्रिmनमा देखाइहाल्छ गुगलले ।

२. गुगलले गुगल जस्तै लाग्ने अन्य कैयौँ डोमेन समेत सिर्जना गरेको छ जस्तै गुगल डटकम गोग्ले डटकम, गोग्लर डटकम त्यस्तै ४६६४५३.com, नाम डोमेनको स्वामित्व पनि गुगलकै छ ।

३. गुगल सर्च इन्जिन विश्वमा सबैभन्दा बढि प्रयोग गरिने सर्च इन्जिन हो । गुगल सर्चमा एक सेकेण्डमा २० लाख भन्दा बढि कुरा खोजी गरिन्छन् ।

४. गुगलले आफ्ना धेरै प्रोजेक्ट ठूलो जनसंख्यालाई लक्षित गरेर कार्यान्वयन गरेको हुन्छ । तर सन् २०१२ मा गुगलले आफ्नो जिमेल सेवामा चेरोकी भाषा समेत समावेश गर्यो । अमेरिकामा बस्ने आदिवासी चेरोकी भाषी समुदायका लागि गुगलले जिमेलमा चेरोकी भाषा सन् २०१२ मा ल्याएको हो । चेरोकी भाषा बोल्ने २० हजारको हाराहारीमा मात्र छन् ।

५.गुगलका संस्थापक ल्यारी पेज र सेर्गेइ बि्रनले गुगलको पहिलो डुडल बनाएका थिए, सन् १९९८ मा । नेभादा मरुभूमिमा आयोजित बर्निङ म्यान महोत्सवमा गएका बेला उनीहरुले गुगलको टोली केही दिनको लागि कहाँ रहेको छ भन्ने कुरा अरुलाई जानकारी गराउनका लागि बर्निङ म्यान पर्वलाई जनाउने लोगो समावेश गरी पहिलो डुडल बनाएका थिए ।

६. गुगलको आम्दानीको अधिकांस हिस्सा यसको अनलाइन विज्ञापनबाट आउने गर्छ । सन् २०१३ मा गुगलले जम्मा गरेको ५५ अर्ब ५० करोड डलर राजश्वमध्ये ९१ प्रतिशत विज्ञापन सेवाबाटै जम्मा भएको हो ।

७.गुगल सर्चमा राखिएका सामाग्रीको सूचिका डाटाको आयतन १० करोड गिगाबाइट छ । अर्थात् गुगल सर्च इन्डेक्सका सबै डाटा पेन ड्राइभमा राख्न चाहनुहुन्छ भने १ टेराबाइट क्षमतामा १ लाखवटा पेनड्राइभ आवश्यक पर्छन् ।

८. गुगल नै एकमात्र त्यस्तो इन्टरनेट साइट हो जसले आफ्ना प्रयोगकर्ताले यो साइटमा बिताउने समय घटाउने मुख्य लक्ष्य राखेको छ ।

९.गुगलले आफ्नो स्टि्रट भ्यू नक्शाको लागि ५० लाख माइल सडकको तस्वीर खिचिसकेको छ ।
१०. गुगलले यो वर्ष नै विभिन्न २४ वटा कम्पनी खरीद गर्यो । यो हिसाबबाट हेर्दा गुगलले महिनामा सरदर ३ वटा प्रबिधि कम्पनीलाई आफुमा विलय गराउने गरेको छ ।

११. गुगलको भिडियो सेवा यु ट्युव पनि निकै चर्चित छ । तथ्यांक अनुसार विश्वमा हरेक महिना ६ अर्ब घण्टा यु ट्युवमा भिडियो हेरिन्छ । यो भनेको विश्वमा हरेक मानिसले एक महिनामा झण्डै १ घण्टा यु ट्युबमा भिडियो हेर्ने गर्छ । online khabar

,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस