मलेसियालाई हराउँदै नेपाल यू-१६ प्रिमियर क्रिकेट च्याम्पियन
मलेसियालाई हराउँदै नेपाल यू-१६ प्रिमियर क्रिकेट च्याम्पियन
४ भदौ, काठमाडौं । एसीसी यू-१६ प्रिमियर क्रिकेटको उपाधि नेपालले जितेको छ ।
आयोजक मलेसियालाई पराजित गर्दै नेपालले यू-१६ उमेर समूहकै पहिलो उपाधि जितेको हो । उमेर समूहमा नेपालको यो २००९ पछिको पहिलो उपाधि समेत हो ।
नेपालले प्रस्तुत गरेको १६२ रनको लक्ष्य पछ्याएको घरेलु टोली ३६ ओभरमा १२९ रन जोड्दा अल आउट भयो । यसअघि टस हारेर पहिले व्याटिङको निम्तो पाएको नेपालले निर्धारित ४० ओभरमा ९ विकेट गुमाएर १६१ रन बनाएको थियो । नेपालका लागि पवन सर्राफले ४४ रनको योगदान दि एभने रवि चन्दले ३२ रन जोडे ।
नेपालका पवन म्यान अफ दि म्याच घोषित भए ।
अनलाइन खबरडटकमबाट

