पूर्वाञ्चलमा इबोला भाइरसको त्रास

सुनसरी, भदौ ३– अफ्रिकी मुलुक नाइजेरीयाबाट फैलिएको प्राणघातक रोग इवोला भाइरस सोमवार एकाएक भारतसम्म आइपुगेको हल्लाले पूर्वाञ्चल क्षेत्रमा निक्कै सन्त्रास मच्चाएको छ । भारतसम्म आइपुगेको इबोला काठमाडौंभन्दा अगाडी पूर्वाञ्चलमा छिटोभन्दा छिटो भित्रिने विशिष्ट चिकित्सकहरुले सरकारलाई जानकारी गराए लगत्तै सोमवार झापास्थित पूर्वको मुख्य नाका काँकड्भित्तामा क्वारेन्टाइन हेल्प डेस्क स्थापना गरिएको छ ।

झापाको काँकड्भित्तामा विशेषज्ञ चिकित्सकको टोली राखी इवोला भित्रन नदिन उच्च सर्तकता अपनाइए पनि सुनसरी र मोरङ्गका भारतीय नाकाहरुमा भने हालसम्म कुनै सर्तकता अपनाइएको छैन । घरपालुवा पंक्षी तथा चौपायाहरुबाट सर्ने प्राणघातक रोग इबोलाबारे सुनसरी र मोरङ्गका सिमामा हालसम्म सरकारले कुनै सतकर्ता अपनाउन नसक्दा यि जिल्लाहरु झनै जोखिममा परेका छन् । सुनसरीको भारतीय नाका हरिपुर, देवानगञ्ज, कप्तानगञ्ज, भारदह लगायतका सिमाबाट खुलेआम भित्रने पंक्षीजन्य र चौपायाहरुलाई नियन्त्रण नगरिदाँ जिल्लामा इवोला सम्बन्धी त्रास कायमै रहेको छ । त्यस्तै मोरङ्गको विराटनगरस्थित भारतीय सिमा जोगवनी नाकाबाट दिनहुँ सयौं विदेशी पर्यटकहरु बिना स्वास्थ्य परिक्षण नेपाल भित्रने गरेका कारणले समेत इवोलाको संक्रमण सर्ने खतरा बढ्दै गएको पाइएको छ ।

मोरङ्ग तथा सुनसरीका स्वास्थ्यकर्मीहरुले भारतीय नाकाहरुबाट खुल्ला रुपमा नेपाल भित्रने पंक्षीजन्य, चौपायालगायत विदेशी पर्यटकहरुका कारणले इवोला रोगको संक्रमण फैलन सक्ने आशंका गरेका छन् । सुनसरीका वरिष्ठ चिकित्सक तथा जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख महेश खनालका अनुसार सरकारले सुनसरी र मोरङ्गको सिमाहरुबाट पंक्षीजन्य र चौपायाहरु भित्रिन नदिन कडा सुरक्षा व्यवस्था लागु गर्नुपर्ने त्यस्तै खुल्ला सिमाका कारण भित्रिने विदेशी पर्यटकहरुको लागि तत्काल क्वारेन्टाइन हेल्प डेस्क स्थापना गरी नियमित चेक जाँच गर्नुपर्ने बताउनुहुन्छ ।

अधिकांश बसाईं सर्न थाले प्राणघातक रोग इवोला भाइरस भारतसम्म आइपुगेका हल्लाले पूर्वको शहर काँकड्भित्ता, भद्रपुर र झापाको बिर्तामोडबाट सोमवार र मङ्गलबार बिहानसम्ममा एक दर्जन बढीले बसार्इं छाडेर पहाडी भेग इलामको तामसालिङ्ग, फिक्कल, ताप्लेजुङ्गको फुङलिङ्ग लगायतका गाउँको पूख्र्यौली घरहरुमा बस्न थालेको श्रोतले जनाएको छ । त्यस्तै झापाको बिर्तामोडबाट आफ्नो परिवारसहित इटहरी आइपुगेकी सावित्री भण्डारी इवोला भित्रियो भन्ने गलत प्रचारका कारण घरमा ताल्चा लगाएर इटहरी माइती आएको बताइन् । श्रीमान वैदेशीक रोजगारीका लागि मलेसियामा रहेको र उनैको सल्लाह अनुसार १ महिनाका लागि घरमा ताल्चा लगाएर इटहरीस्थित माइती ज्ञानु भण्डारी कहाँ आएर बसेकी बताइन् ।  रातो पाटीमा प्रकाशित समाचार छ ।

,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस