जुरेको पहिरोमा १८ जनाको मृत्यु

चौतारा, साउन १९ – सिन्धुपाल्चोकको जुरेमा गएको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या हालसम्म १८ पुगेको छ । पहिरोले पुरेको स्थानमा दुईवटा स्काइभेटर प्रयोग गरेपछि आइतबार अपराह्न माङ्खा–१ निवासी छ वर्षीया सुहाना श्रेष्ठको शव निकालिएको थियो ।


सोही स्थानबाट आज बिहान १०:४५ बजेसम्म थप आठवटा शव निकालिएको र उनीहरुको सनाखत हुन बाँकी रहेको घटनास्थलबाट सहायक प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद उपाध्यायले जानकारी दिए । थुनिएको तलाउले आइतबार बेलुकादेखि नयाँ बाटो बनाएर नदीको रुप लिई पानी बगिरहेको प्रहरीले बताएको छ अाजको रातो पाटीमा प्रकाशित छ ।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस