मलेसियामा नेपालीको अपहरण

काठमाडौं : मलेसिया गएका एकजना उतै अपहरणमा परी फिरौती बुझाएर फर्केका छन्। भक्तपुरका रामप्रसाद नेपाल मलेसियामा चिनजानका व्यक्तिबाट अपहृत भए। उनलाई छुटाउन नेपाल रहेका परिवारले ३० लाख रुपैयाँ फिरौती पठाउनुपर्‍यो।

तस्वीर सन्दर्भका लागि मात्र 

जेठमा मलेसियामा अपहरणमा परेका नेपालले नेपाल आएर दिएको जाहेरीका आधारमा केन्द्रीय अनुसन्धान ब्युरोले अपहरणमा संलग्न तनहुँका कमलबहादुर गौलीलाई पक्राउ गरेको छ। गौलीसहितको समूहले नेपाललाई मलेसियामा ५० जनाको कामदार माग रहेको भन्दै छलफल गर्न उतै बोलाएर अपहरण गरेको थियो। नेपालले काठमाडौंमा इलान इन्टरनेसनल नामको म्यानपावर कम्पनी चलाउँदै आएका थिए। ब्युरोका एसपी पीताम्बर अधिकारीले अपहरणपछि गौलीको समूहले नेपालका परिवारसँग ६५ लाख फिरौती माग गरे पनि अन्त्यमा ३० लाख रुपैयाँमा कुरा मिलेको बताए। उनले नेपालका परिवारले सोल्टी मनी ट्रान्सफर र रिलायबल डेभलपमेन्ट बैंकमार्फत ३० लाख पठाएपछि अपहरणकारीले नेपाललाई छोडिदिएका थिए।

अपहरणमा गौलीसहित चार नेपाली र एक मलेसियन महिलाको संलग्नता रहेको छ। नेपालले फिरौती पाइसकेपछि गौलीको समूहले हत्या गर्ने योजना बनाए पनि भागेर आएको बताए। प्रतिकारका क्रममा भाग्दा गाडी दुर्घटना भएपछि घाइते भएर अस्पताल भर्ना भएका बेला उनी भागेका थिए।ब्युरोले नेपाल आएका गौलीलाई पक्राउ गरिएको र अपहरणमा संलग्न अन्यलाई मलेसियाली प्रहरीको सहयोगमा पक्राउ गर्ने प्रयास भइरहेको जनाएको छ। ब्युरोका डीआईजी हेमन्त मल्लका अनुसार अपहरणका नेपाल र मलेसियाका सम्पर्क सूत्र र सहयोगीको पहिचान भइसकेको छ।

,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस