प्रमले उपप्रम लाई ठाडै धम्काएपछि

काठमाडौं,साउन२८–भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा दुई देशलाई पारस्परिक फाइदा हुने गरी जलविद्युतसम्बन्धी पिटिए र पिडिए सम्झौता गर्ने कुरा थियो । तर त्यसले मूर्तरुप लिन पाएन । यसनिम्ति सत्ता साझेदार एमालेलाई दोषी देखाइयो तर के वास्तवमै कांग्रेस आफैं चाहिँ यसनिम्ति तयार थियो त ?१७ गते बिहान बालुवाटारको यो प्रसंगले अर्कै गन्ध दिन्छ । कांग्रेसकै नेताहरुले यो खेललाई सरकार ढाल्ने अभियानको रुपमा व्याख्या गर्छन् ।


यो दिन बिहान बालुवाटारमा एमाले अध्यक्ष केपी ओलीको सन्देश लिएर वामदेव गौतम सुशील कोइरालालाई भेट्न जाँदा उनले भनेका थिए, ‘एमालेले डिस्टर्व गर्‍यो भन्दिन्छु म, मोदी र प्रेसलाई’ अध्यक्षको सन्देश सुनाउँदै गौतमले,‘हामीले पिटीएको मुखै देख्या छैन, भोली कताबाट के के आरोप आउला, सिद्धान्ततः यसकोविरोधी होइनौं, पछि सम्झौता गरौला ।’ भन्नासाथ सुशील यसरी बम्किएका हुन् । भन्दै थिए,‘कोलिसन पार्टनरले मानेनन, भन्दिन्छु म ।’

गौतमले जवाफ फर्काए,‘त्यसै भन्दा तपाईंको हित हुन्छ भने भन्दिनुहोस् ।’ गौतम निस्कदाँ रामचन्द्र पौडेल, शेरबहादुर देउवाहरु पालो पर्खेर बसिरहेका थिए । देउवाले भने, ‘हामी सुशीलजीलाई सम्झाउँछौं । बुझ्दै नबुझी सही गर्ने कुरा त आउँदैन नि,तपाई नआत्तिनुस् ।’ जबकी रामशरण महतको चाहिँ जुनसुकै हालतमा यो अहिले नै पास हुनुपर्छ भन्ने जिकिर थियो ।

अघिल्लो दिनसम्म सम्झौताको पक्षमा रहेका देउवाले किन कुरा फेरे होलान् ? पछि पनि सम्झौता हुन नदिन किन दह्रो लविङ गरे होलान् ? संसदीय गतिविधिमा सक्रिय तराईबासी तर पहाडे मुलका कांग्रेसी नेतामध्ये एक बरिष्ठले भने,‘महाकाली सन्धिका निम्ती त्यत्रो जोरजुलुम गर्ने देउवाले यस प्रकरणमार्फत एक तीरः दुई निशाना साँधेका हुन् । पहिलो सुशीलबाट केही पार लाग्दैन भन्ने सन्देश दिनु । दोस्रो म आए भने सबथोक हुन्छ भन्ने कुरामा भारतलाई विश्वस्त तुल्याउनु । त्यसो त महाकाली सन्धिका लागि पार्टी नै फुटाउन समेत तयार हुनेहरुका कुरा मिल्नु संयोग मात्र पक्कै होइन । आजको जनआस्था साप्ताहिकमा खबर छ ।तस्वीर गुगल इमेज

,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस