फुट्नै लाग्यो सप्तकोसी पानीको बहाव बर्षकै उच्च
इटहरी : लगातारको बर्षा र सुनकोसिको थुनिएको पानी खोलिएपछी सप्तकोसीमा पानीको बहाव यो बर्षकै उच्च भएको छ। सप्तकोसीमा पानीको बहाव बढेपछी नेपाली सेना सहितको सुरक्षाकर्मीको टोली कोसी प्रभावित क्षेत्रमा उच्च सर्तकताका लागि परिचालन गरिएको छ।
बिहीवार ११ :२० बजे मापन गरिएको सप्तकोशीको पानीको बहाव २ लाख ६५ हजार १ सय ६५ क्युसेक मापन गरिएको छ। सप्तकोशीमा पानीको बहाव बढपछी खतरा उत्पन्न भएको भन्दै सप्तकोशी प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र ससस्त्र प्रहरीको विशेष टोली उद्धारका लागि तयारी अबस्थामा परिचालन गरिसकिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी सुर्दशन ढकालले बताए।
कोसी प्रभावित क्षेत्रमा जुन सुकै बेला पनि क्षेत्री गर्ने भएकाले स्थानीयबासिन्दालाई समेत सर्तक रहन सचेत गराइ सकिएको छ' उनले भने 'सप्तकोसीमा पानी बढेपछी सबैले चनाखो हुन जरुरी छ।'
ब्यारेजका सबै ढोका खोल्न भारतको आनाकानी
कोशी प्रभावित क्षेत्रमा सेना सहितको सुरक्षाकर्मी परिचालन
सप्तकोशीमा पानीको बहाव उच्च भएपछि खतराको संकेत स्वरुप कोसी ब्यारेजमा रातो बत्ती बालिएको छ। पानीको बहाव बढेपछि कोसी ब्यारेजमा सवारी साधन आवतजावतमा समेत उच्च सर्तकता अपनाइएको प्रहरी चौकी कोसी ब्यारेजका सई खगेश्वर खतिवडाले बताए।
सामान्यतया: सप्तकोशीमा एक लाख ५० हजार क्युसेक पानीको बहाव मापन गरिएपछि खतराको संकेत मानिन्छ। सप्तकोशीमा पानीको बहाव बर्षकै उच्च भएपछि कोसी प्रभावित क्षेत्र सुनसरीका महेन्द्रनगर, प्रकाशपुर, हरिपुर, बराहक्षेत्र लगायत आदा दर्जन गाविसका बासिन्दा त्रसित भएका छन्।
बुधवारदेखि सुरु भएको बर्षा पूर्वी पाहाडि जिल्लाहरुमा नरोकिएका कारण सप्तकोसीमा पानीको बहाव विस्तारै बढिरहेको कोसी व्यारेजका प्राविधिकले बताएका छन्। सप्तकोशीमा पानीको बहाव बर्षकै उच्च हुदा समेत कोसी व्यारेजका ढोका खोल्न भने स्थानिय प्रशासनले भने कुनै चासो देखाएको छैन्।
पानीको बहाव बर्षकै उच्च हुदा समेत कोसी ब्यारेजका ५६ ढोका मध्ये ३८ ढोका मात्र खोलिएका छन्। भारत सरकारको नियन्त्रणमा रहेको कोसी ब्यारेजमा भारतले आफु अनुकुल मात्र ढोका खोल्ने गरेका कारण नेपालीहरुलाई समस्यामा पारेको कोशी प्रभावित क्षेत्र प्रकाशपुरका स्थानीयबासिन्दा बाबुराम कार्कीले बताए। उनले सप्तकोशीमा पानीको बहाव २ लाख नाघेपछि कोसी व्यारेजका सबै ढोका खोल्नु पर्ने माग गरेका छन्।
सप्तकोशीमा पानीको बहाव उच्च भएपछि खतराको संकेत स्वरुप कोसी ब्यारेजमा रातो बत्ती बालिएको छ। सप्तकोशीमा पानीको बहाव बर्षकै उच्च हुदा समेत कोसी व्यारेजका ढोका खोल्न भने स्थानिय प्रशासनले भने कुनै चासो देखाएको छैन्। पानीको बहाव बर्षकै उच्च भएपछि कोसी प्रभावित क्षेत्र सुनसरीका महेन्द्रनगर, प्रकाशपुर, हरिपुर, बराहक्षेत्र लगायत आधा दर्जन गाविसका बासिन्दा त्रसित भएका छन्। स्थानीय बासिन्दाले कोशी ब्यारेजका सबै ढोका खोल्नु पर्ने सरकारसँग माग गरेका छन्।
प्रजिअ ढकालले भने कोसी ब्यारेजका सबै ढोका खोल्नका लागि स्थानीयस्तरबाट नसकिने भएकाले सरकारले नै पहल गर्नु पर्ने बताए। सप्तकोशीमा आएको पानीले निकास नपाएका कारण सुनसरीको महेन्द्रनगर, हरिपुर, प्रकाशपुर, बराहक्षेत्र लगायतका कोशीप्रभावित क्षेत्रका खेती योग्य जमिन समेत जलमग्न भएका छन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भम्रण आए संगै सुनकोशीमा पहिरो गएपछि भारत सरकारले सप्तकोशी ब्यारेजका ५६ वटै ढोका खुल्ला गरेको थियो। तर पछिल्लो समयमा भारतले कोसी ब्यारेजका सबै ढोका खोल्न भने आनाकानी गरिरहेको छ।
यता, यहाँका स्थानीय बासिन्दाले कोशी ब्यारेजका सबै ढोका खोल्नु पर्ने सरकारसँग माग गरेका छन्। कोशी ब्यारेजका प्राविधिकले भने भारत सरकारको निर्देशनमा शनिबार बेलुका कोशी ब्यारेजका ३७ ढोका खोलिएको जानकारी दिएका छन्।
२०६५ साल भदौ २ गते राति सप्तकोसि नदीले पूर्वी तटबन्ध भत्काएर कटान गर्दा सुनसरीका श्रीपुर, हरिपुर, पश्चिम कुसाहा, लौकही लगायतका हजारौ बासिन्दालाई उठिबास बनाएको थियो। यस क्षेत्रमा कोशी कटानले गर्दा हजारौ हेक्टर खेतियोग्य जमिन मरुभुमिमा मरिणत भइसकेको छ। सप्तकोशीमा पानीको बहाव बढेपछि विशेषगरी महेन्द्रनगर र प्रकाशपुर गाविसमा पर्ने श्रीलङका टापुका बासिन्दालाई ठुलो समस्या परेको छ। अन्नपूर्णपोस्ट

