तयार भइसकेको एमआरपी चार वर्षदेखी नारायणहिटीमै

काठमाडौ, श्रावण २१ - लामो लाममा तछाडमछाड गरेर चार वर्षअघि मेसिन रिडेबल राहदानी (एमआरपी) का लागि आवेदन दिएकामध्ये केही सेवाग्राही राहदानी लिन अझै नारायणहिटी गएका छैनन् । द्रुत सेवामा आवेदन दिएको सात दिनमा नै राहदानी पाइन्छ । यसका लागि दोब्बर राजश्व अर्थात दश हजार रुपैयाँ बुझाउन पर्छ ।


सात दिनमा नै राहदानी आवश्यक रहेको भन्दै यसरी दोब्बर राजश्व बुझाएर आवेदन दिएकाहरु चार वर्षसम्म पनि लिन नआएपछि राहदानी राख्नै विभागलाई समस्या भएको छ । राहदानी विभागका महानिर्देश रमेश खनालकाअनुसार तीन हजार एमआरपी तयार भएका छन तीमध्ये कतिपय त सन् २०१० मै बनिसकेका छन् । यसरी सात दिनमा नै राहदानी चाहियो भनेर आवेदन दिनेहरु अहिले पनि दैनिक दुइ हजार देखि तीन हजारसम्म छन् ।

२०६७ पुष १७ देखि सरकारले एमआरपी जारी गर्दै आएको हो । त्यसपछि सेवाग्राहीले राहदानीको लागि द्रुत सेवामार्फत अवेदन दिदै आएका छन । सम्बन्धित व्यक्तिहरु आफ्नो तयार भै सकेको राहदानी लिन नआउदा विभागमा उक्त राहदानीहरु लामो समयसम्म मौज्दात गरिराख्न असजिलो भएको भन्दै तत्काल लिन आउन विभागले सुचना नै जारी गरेको छ ।

अत्यन्त जरुरी भै द्रुत सेवा अन्र्तगत सात कार्य दिनमा नै राहदानी पाउनको लागि आवेदन गर्ने तर राहदानी बनिसके पछि तोकिएको मितिमा राहदानी लिन नआउने र जहिले लिन गए पनि हुने भन्ने सोच रहेको देखिएको विभागका महानिर्देशक खनालले बताए । विशेष परिस्थिति भई तोकिएको मितिमा राहदानी लिन नआउने सेवाग्राहीहरुको सुविधाको लागि यस विभागले प्रत्येक सोमबार र विहीबार दिउसो २ बजे देखि ४ बजेसम्म राहदानी वितरण गर्ने व्यवस्था मिलाए पनि विभागले एक विज्ञप्ती जारी गरेर जनाएको छ अाजको इकान्तिपुर डटकममा प्रकाशित छ ।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस