पाठेघरको क्यान्सर पत्ता लगाउन दुइ मिनेटभन्दा बढी नलाग्ने

सुर्खेत  २२ साउन, । सुर्खेतको कालागाउँमा रहेको मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल सुर्खेतमा दुई मिनेटमै पाठेघरमा समस्या छ कि छैन भन्ने पत्ता लगाउने पद्धतिको सुरु भएको छ । क्षेत्रीय अस्पतालले औपचारिकरुपमा सुर्खेतमा पहिलो पटक आँखाले प्रत्यक्ष अवलोकन गरेर उपचार गर्ने पद्धति भिआइए सुरु गरेको हो ।


एक मिनेटमा पाठेघरको मुखमा केमिकल राख्ने र त्यसको एक मिनेटपछि केमिकलबाट उत्पन्न प्रतिक्रिया पाएपछि क्यान्सर हो कि होइन भन्ने थाहा पाउन सकिने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट चिकित्सक भोलाराम श्रेष्ठले जानकारी दिए । यो सेवा क्षेत्रीय अस्पतालमा निःशुल्क उपलब्ध हुने अस्पतालले जनाएको छ । रासस

, ,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस