उडिरहेको विमानमा एकाएक मुसा कुद्न थाले पछि

एअर इन्डियाको विमानमा मुसा भेटिएपछि आकस्मिक अवतरण गरिएको छ। यो घटना बुधबार भएको बताइएको छ। उक्त विमान नयाँदिल्लीबाट कोलकाता जाँदै थियो। उडेको केही क्षणमै विमानको क्याबिनमा मुसा भेटिएको थियो। त्यसपछि विमान फर्काएर आकस्मिक अवतरण गराइएको हो।

विमानको क्याबिनमा मुसा भेटिएको खबर पाएपछि चालकले खतरा मोल्न नचाहेको र विमान अवतरण गराएको बताइएको छ। जहाजमा मुसा भेटिएमा त्यसले हवाईजहाजका पार्टपुर्जा र मुख्यगरी तार काट्नसक्ने र विमानको नियन्त्रण नै गुम्न सक्ने खतरा रहन्छ।

उक्त विमानका कुनै पनि अधिकारी प्रतिक्रियाका लागि उपलब्ध नभएको र एकजना अधिकारीले आफ्नो नाम नबताउने सर्तमा विमानमा मुसा भेटिएकाले आकस्मिक अवतरण गराइएको पुष्टि गरेको भारतीय दैनिक पत्रिका टाइम्स अफ इन्डियाले जनाएको छ। भारतीय विमानमा मुसा भेटिने घटना बारम्बार हुने गर्छ।

एअर इन्डियाको विमानमा मुसा भेटिएपछि आकस्मिक अवतरण गरिएको छ। विमानको क्याबिनमा मुसा भेटिएपछि चालकले खतरा मोल्न नचाहेको र विमान अवतरण गराएका थिए।

यसअघि पनि पटकपटक जहाजमा मुसा भेटिएकोले जहाज ग्राउन्डेड गराइएको र उडान नै रद्द गरिएका थिए। प्राय: जहाजका यात्रुलाई दिइने खानाका प्याकेटहरू (लन्च बक्स) बोक्ने भ्यानमा नै खानाको गन्धका कारण मुसा पछि लाग्ने गर्छन्।

पछि सोही भ्यानबाट नस्किएर ती मुसा जहाजमा नै छिर्ने गर्छन्। यसैबीच बेलायतमा एक यात्रु विमानमा सन्दिग्ध उपकरण फेला परेपछि लडाकु विमानले स्कर्ट गरेर म्यानचेस्टर विमानस्थलमा अवतरण गरिएको छ। प्रहरी अधिकारीले दिएको जानकारीअनुसार कतार एअरवेजको यो विमानबाट एकजना व्यक्तिलाई फर्जी विस्फोटनको धम्की दिएको आशंकामा पक्राउ गरिएको हो।

कतार एअरवबेजले एक वक्तव्य जारी गर्दै भनेको छ, 'विमानका कर्मचारीले एक सम्भावित विस्फोटको धम्की पाएका थिए। कतार एअरवेजले तत्कालै आवश्यक कदम उठाउँदै बेलायती अधिकारीलाई एलर्ट गराएको थियो' कतार एअरवेजको यो यात्री विमानलाई चालकको सूचना पछि रोयल एअर फोर्सले विमानस्थलमा अवतरण गराएको थियो।

प्रहरीले यो विमानलाई विशेष निगरानी गर्दै छानबिन गरिरहेको छ। प्रहरीले विमानमा रहेका यात्रुलाई नआत्तिन आग्रह गरेको छ। यात्रुको सुरक्षाका लागि सबै प्रबन्ध गरिएको पनि प्रहरीले जनाएको छ। एकजना प्रत्यक्षदर्शी यात्रुले जानकारी दिएअनुसार विस्फोटको सूचना पाएलगत्तै लडाकु विमानले यात्रुवाहक विमानलाई पिछा गरेको थियो। यो दृश्य फेलन नाम गरेका एक यात्रुले आफ्नो क्यामेरामा कैद गरेका थिए। पछि उनलाई पक्राउ गरियो। -एएफपी

, ,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस