इवोला भाइरल अातंकमा सुरक्षा निकायको चासो

काठमाडौं, भाद्र २ - अत्यन्त संक्रामक 'इबोला भाइरल' बारे नेपालको तीनै सुरक्षा निकायमा निकै चासो बढेको छ । इबोला भाइरल प्रभावित चार पश्चिमा अफ्रिकी मुलुकमध्ये लाइबेरियामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको फरकफरक टोली रहेको छ ।

कतिपयको नेपाल फर्कने समय समेत नजिकिएकोले यसमा चासो बढेको हो । शुक्रराज ट्रोपिकल तथा सरुवारोग अस्पतालका डा शेरबहादुर पुनले नेपाली सुरक्षा अधिकारीहरु इबोला प्रभावित स्थानबाट र्फकने क्रम शुरु हुने कान्तिपुरलाई बताए । अफ्रिकी मुलुकमा कार्यरत सुरक्षा अधिकारीहरुमा भने त्यस्तो संक्रमण भएको जानकारी सरकारलाई छैन् । तर पनि सुरक्षा निकायले उनीहरुसँग लगातार सम्पर्क गरिरहेको अधिकारीहरुले बताए ।


राष्ट्रसंघीय शान्ति स्थापनार्थ मिसनमा खटिएका ती टोलीहरु भएको स्थानमा भाइरल नफैलिएको भए पनि उनीहरुलाई कतैबाट पनि संक्रमण हुन नदिन नेपाल सरकारले संयुक्त राष्ट्रसंघमा जानकारी गराउदै यसअघि नै पत्राचार गरिसकेको छ ।

राष्ट्रसंंघीय मिसनमा सुरक्षा निकायका साथै केही नेपाली नागरिकसमेत काम गर्दै आएको र उनीहरुको सुरक्षाका बारेमा राष्ट्रसंघबाट पहल भइरहेकोमा निश्चिन्त रहेको सरकारले जनाएको छ ।

लाइबेरियामा राष्ट्रसंघ भन्दा बाहिर अन्य नेपालीहरु कार्यरत रहेको सूचना सरकारलाई छैन् । अहिलेसम्म पनि कसैले जानकारी गराएका पनि छैनन् । तर दक्षिण अफ्रिकी मुलुकहरुमा भने धेरै नै नेपालीहरु रहेको तथ्यांक पाइएको छ । तर दक्षिण अफ्रिकी मुलुक संक्रमणमा नरहेकोले दक्षिण अफ्रिकीस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासले पश्चिम अपि|mकामा पनि नेपाली कतै छन कि भनेर बुझ्ने कार्य भइरहेको जानकारी मन्त्रालयलाई पठाएको छ । सरकारले चार दिनअघि नै इबोला भाइरसबाट प्रभावित चार मुलुक गीनी, सियरालियोन, नाइजेरिया र लाईबेरिया भ्रमण नगर्न आग्रह गर्दै 'ट्रभल एडभाइजरी' नै जारी गरेको छ ।

ती मुलुकबाट फर्कने वा ती मुलुक भएर आउनेहरुको हकमा पनि विमानस्थलमा एक 'हेल्थ डेक्स' नै राखेर काम अघि बढाउने भनिए पनि त्यो अझै भएको छैन् । सोमबार देखि त्यस्तो डेस्क राख्ने र त्यहांबाट र्फकनेलाई २१ दिन प्रत्यक्ष निगरानीमा राखेर मात्र बाहिर जान दिनेसमेत उल्लेख गरेको छ ।

अहिले लाइबेरियामा दुइ सय ६० सशस्त्र प्रहरी बलबाट गएका जवान तथा अधिकृत छन् । तीमध्ये केहीको र्फकने दिन नजिकिएको छ । नेपाली सेनाबाट सैनिक प्रहरीको एक १५ सदस्यीय टोलीसहित २० जना रहेका छन भने नेपाल प्रहरीबाट ७ जना रहेको सम्बन्धित निकायका प्रवक्ताले बताएका छन् ।

'हाम्रा सेनाहरु त्यहा सुरक्षित छन् । संक्रमणबारे उनीहरु सबै सचेत छन । जानकारी लिने काम नियमित भइरहेको छ । यसरोगबाट बच्न अपनाउनुपर्ने सुरक्षाको अवधारणाहरु निर्देशनालयमार्फत पठाईसकेका छौ । उहाँहरु फर्केपछि पनि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा रहेको हेल्थ डेक्समा जाच गरेर मात्र यहाको समुदायमा जान दिने हुनाले पूर्णरुपमा सुरक्षित रहेर काम गरेका छौ,' सेनाका प्रवक्ता जगदीश्ाचन्द्र पोखरेलले कान्तिपुरसंग भने । यसरी सेनाको बारेमा यहाँको मुख्यालयले चासो लिएको छ । त्यसैगरी सशस्त्र प्रहरी बलको पनि उत्तिकै चासो मुख्यालयले लिएको छ ।

नेपालबाट गएका भए पनि त्यहाँ पुगेपछि उनीहरु राष्ट्रसंघको कमचारी नै हुने हुनाले राष्ट्रसंघले तोकेको मापदण्डमै रहने हुँदा समस्या नरहेको सशस्त्र प्रहरी बलले जनाएको छ । सशस्त्र प्रहरीका प्रवक्ता नायव महानिरीक्षक (डीआइजी) सिंहबहादुर श्रेष्ठले भने, 'राष्ट्रसंघले आफ्नै खालको डाइरेक्ट्रीहरु निकालेको छ । त्यो अनुरुप नै रहेर काम भएको छ । त्यसैले हामी डराउन पर्ने अवस्था छैन ।

उनीहरु नेपाल आउदा पनि विमानस्थलमा रहेको हेल्थ डेक्समा परीक्षण गरेर २१ दिन निगरानीमा रहेरमात्र बाहिर निस्कने हुनाले त्यस्तो डरलाग्दो अवस्था छैन । यद्यपी उनीहरु त्यहा नै सुरक्षित छन । राष्टसंघको क्लोज क्याम्पमा रहेकाले समस्या छैन। तर पनि सावधानी भने अपनाउन जरुरी छ।'

नेपाल प्रहरीका बरिष्ठ प्रहरी उपरिक्षक (एसएसपी) रोमेन्द्रसिंह देउजाले पनि नेपाल प्रहरीबाट सात जना त्यहा रहेको उनीहरु सबै सुरक्षित रहेको बताए । उनले भने अन्तराष्ट्रिय संचारमाध्यममा आएको जस्तो अवस्था त्यहा नरहेको र राष्ट्रसंघ अन्तरगत रहेर काम गरेको हुनाल सुरक्षाको सबै उपायहरु अवलम्बन भएको बताए । र्फकने नै भए पनि त्यस्तो समस्या छैन त्यहाको मेडिकल रिपोर्ट तथा यहा पनि विमानस्थलमा भएको हेल्थ डेकसको चेकअप पछिमात्र बाहिर आउने हुनाले अत्तिन पर्ने अवस्था यहा नरहेको बताए ।

विश्व स्वास्थ्य संठगठनले अफि्रकी मुलुकहरुमा दशलाख भन्दा बढिमा इबोला भाइरलबाट प्रभावित भएको जनाएको छ । इवोला जुन स्तरमा फैलिएको छ त्यसलाई निकै कम आंकलन गरिएको थियो । गिनी, नाइजेरिया, लाइबेरिया र सियरालियोनमा प्रयोगशाला प्रमाणित इबोलाको दुइ हजार एक सय २७ केश देखिएको छ भने १ हजार १ सय ४५ को मृत्यु भैसकेको छ ।  लाइबेरिया सरकारले तीन महिना संकटकाल समेत घोषणा गरेको छ । घानमा पनि धेरै नेपालीहरु रहेको छ यद्यपी त्यो मुलुकमा भने संक्रमण देखिएको छैन । भारत हुदै यी पश्चिमी मुलुकमा रहेका सुरक्षा अधिकारी बाहेका अन्य नेपालीहरुको एकिन तथ्यांक भने अझै जानकारीमा आउन सकेको छैन् ।इकान्तिपुरबाट

,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस