नेपालद्धारा बहराइनसामु २३४ रनको लक्ष्‍य

एसीसी यु-१६ प्रिमियर लिग: नेपालद्धारा बहराइनसामु २३४ रनको लक्ष्‍य
काठमाडौं: नेपाली युवा टोलीले मलेसियामा जारी एसीसी यु-१६ प्रिमियर लिग क्रिकेट प्रतियोगीतामा नेपालले बहराइन सामु  २३४ रनको लक्ष्‍य प्रस्तुत गरेको छ। सेलाङगोर टर्फ क्‍लबमा टस जितेर ब्‍याटिङको निम्‍तो पाएको नेपालले ७ विकेट गुमाउदै ४० ओभरमा २३३ रन बनाएको हो।


नेपालका लागि रविन्द्र चन्दले ३३ रनको योगदान दिए भने प्रणित थापाले ७० रन बनाए। लगातार तेस्रो खेलसम्‍म जितेको नेपाल हालसम्‍म अपराजित छ।  पहिलो खेलमा थाइल्‍यान्डलाई १० विकेटले हराएको नेपालले दोस्रो खेलमा सिंगापुरलाई ४९ रनले पराजित गर्‍यो भने तेस्रो खेलमा ओमान विरुद्ध समेत नेपाली युवा खेलाडीहरुले दमदार खेल प्रदर्शन गरेका थिए। चौथो खेल नेपालले जिते फाइनल अगाडी नै च्‍याम्पियन बन्‍नेछ।

शनिबार ओमनविरुद्धको खेलमा नेपालका १३ वर्षीय खेलाडी अनिल खरेलले अविश्वासिलो प्रदर्शन गर्दै ६ विकेट लिइदिएर क्रिकेटमा कमाल गरे। नेपालले पहिले ब्याटिङ गर्दै एक सय ६४ रन बनाएको थियो।

जबाफी ब्याटिङमा ओर्लिएको ओमनले गतिलो सुरुआत गर्दै कुनै विकेट नगुमाई ४९ रन बनाइसकेको थियो। त्यसपछि बलिङ गर्न आएका अनिलले कमालको बलिङ गर्दै ६ विकेट लिएर ओमनका ब्याट्सम्यानलाई एकपछि अर्को गर्दै पेभेलियन फर्काइदिएका थिए।

राउन्‍ड रोविन लिगका आधारमा सञ्‍चालन हुने प्रतियोगीतामा नेपालले पाँचौ खेल भदौ ४ गते आयोजक मलेसियासँग पाँचौ खेल खेल्‍नेछ। एसिसीले यु- १६ प्रिमियर लिग प्रतियोगीता यसै वर्षदेखि सुरु गरेको हो।anna purna post

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस