विश्वमा अहिलेसम्मकै सबैभन्दा ठूलो ह्याकिंग

अमेरिकी इन्टरनेट सुरक्षा कम्पनी होल्ड सेक्युरिटीका अनुसार एक रुसी ह्याकर समूहले ५० करोड इमेल आइडिको लगभग सवा अर्ब युजरनेम र पासवर्ड ह्याक गरेको छ । यो डाटा करिब चार लाख बीस हजार वेभसाइटबाट चोरिएको हो जसमध्ये इन्टरनेट जगतका थुप्रै ठूला कम्पनीहरुसहित हरेक प्रकारको वेभसाइट समावेश छ ।


यद्यपी होल्ड सेक्युरिटीले यो ह्याकिंग अभियानबाट प्रभावित हुने कम्पनीको नाम सार्वजनिक गरेको छैन । एक रिपोर्टमा होल्ड सेक्युरिटीले भन्यो, ‘उनीहरुले ठूला कम्पनीहरुलाई मात्र निशाना बनाएको छैन, साना वेभसाइटहरुको पनि डाटा चोरिएको छ ।’

सात महिनाको परिक्षणः यो खबरलाई सबैभन्दा पहिले प्रकाशित गर्ने न्यूयोर्क टाइम्सले एक स्वतन्त्र इन्टरनेट सुरक्षा विशेषज्ञबाट चोरी गरिएको डाटाबेसको जाँच गराएको थियो जसले चोरीको दाबीलाई सहि बताएको छ । पूर्वमा अडोबी र टारगेटजस्ता कम्पनीको डाटाबेस चोरिएको खुलासा गर्ने होल्ड सेक्युरिटीको भनाई अनुसार यो सबैभन्दा ठूलो डाटा चोरीको पत्ता लगाउनका लागि सात महिनासम्म अनुसन्धान गर्नु परेको थियो । कम्पनीको दाबी छ कि रुसी समूहले सबैभन्दा पहिले ह्याकरहरुसँग डाटाबेस हाँसिल गरेको र त्यसपछि सोसल मिडिया, इमेल सेवाहरु र अन्य वेभसाइटमा स्प्याम पठाएर डाटा चोरेको हो । (एजेन्सी)

, ,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस