प्रहरीको गोलीले यसरी मारिएका थिए कुख्यात गुन्डा चरी भिडियो सहित
प्रहरीको गोलीले यसरी मारिएका थिए कुख्यात गुन्डा चरी (अपडेट)
काठमाडौं– हत्या प्रयासको अभियोगमा ६ महिनादेखि फरार रहेका ‘कुख्यात गुन्डा’ दिनेश अधिकारी ‘चरी' प्रहरीको गोलीले मारिएका छन्। काठमाडौं सीतापाइलामाथि भीमढुंगामा* केहीबेरअघि उनीमाथि गोली प्रहार भएको थियो।
उनको शव सीतपाइलाबाट ६ किलोमिटरमाथि धादिङ जाने बाटोमा सडकको देब्रेतिर थियो। शवनजिकै मोटरसाइकल ढलेको अवस्थामा थियो भने कालो पेस्तोल पनि सँगै थियो। ८ राउन्ड गोली लाग्ने म्यागेजिनमा एक राउन्ड मात्र गोली बाँकी थियो। सामान्यत: लामो कपालमा देखिने ‘चरी’ले कपाल खैरिएर हुलिया बदलेका थिए। उनले प्रहरीमाथि सात राउन्ड फायर गरेको प्रहरी अधिकारीले जनाएका छन् ।
| तस्बिर : दिनेश गोले |
महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी पुष्कर कार्कीका अनुसार उनलाई पछ्याउँदै गएको प्रहरी टोलीलाई गोली फायर गरेपछि जवाफी फायर गर्दा ‘चरी’लाई गोली लागेको हो। घटनापछि एसएसपी पुष्कर कार्की, महानगरीय प्रहरी परिसर प्रमुख उत्तम कार्कीलगायत ५० भन्दा बढी प्रहरी घटनास्थल पुगेका थिए। कार्कीका अनुसार वान्टेड सूचीमा रहेकाहरुको खोजीमा केही समयदेखि सादा पोसाकमा प्रहरी परिचालित थिए। एउटा मोटरसाइकलमा भएको व्यक्तिले शंकास्पद गतिविधि देखाएकाले प्रहरी परिसर र अपराध अनुसन्धान महाशाखाको संयुक्त टोलीकाे गाडीले मोटरसाइकलको पिछा गरेको थियो। ‘नर्सरी भन्ने स्थानमा उकालोको घुम्ती पार गर्नेबित्तिकै करिब सय मिटर पर पुगेको मोटरसाइकलका व्यक्तिले प्रहरीमाथि गोली प्रहार गर्यो,’ उनले भने, ‘प्रहरीले अात्मरक्षाका लागि प्रतिकार गर्दा त्यो व्यक्ति ढल्यो। त्यो बेलासम्म व्यक्ति को हो भन्ने प्रहरीलाई थाहा थिएन। पछि हेर्दाखेरी वान्टेड दिनेश अधिकारी चरी भन्ने खुल्यो ।’ प्रहरीका अनुसार मोटरसाइकलमा उनी एक्लै थिए।
६ महिनाअघि धादिङका राधे भण्डारीलाई खुकुरी हानी हत्या प्रयास गरेकाे अभियोग लागेपछि उनी फरार थिए। लामो समय भारतमा बसेका चरी १५ दिनअघि मात्रै काठमाडौँ प्रवेश गरेको सुरक्षास्रोतले जानकारी दियो। स्रोतका अनुसार उनी काठमाडौँ भित्रिएलगत्तै केही व्यापारीहरुलाई फोन गरेर धम्क्याएको सूचना पाएपछि प्रहरीले उनको खोजीलाई तीव्रता दिएको थियो। साँझ ५ बजेतिर भीमढुंगामा गोली हानाहान भएको थियो। ‘चरी’माथि गोली कसले हान्यो भन्ने खुल्न सकेको छैन। लामो समयदेखि अापराधिक गतिविधिमा सक्रिय ‘चरी’ नेकपा एमाले धादिङ क्षेत्र नम्बर १ का क्षेत्रीय उपाध्यक्षसमेत हुन्। उनी नयाँ बजार क्षेत्रलाई अाधार बनाएर अापराधिक गतिविधिमा सक्रिय थिए। खाग तस्करी अभियोगमा केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई पक्राउ गरे पनि राजनीतिक दबाबपछि उनले सफाइ पाएका थिए।
यसैगरी नुवाकोटका व्यापारीहरुसँग असुलेकी २१ लाख रुपैयाँकाे चेक र हतियारसहित थानकोट पक्राउ परे पनि उनीमाथि सार्वजनिक अपराधको अभियोग मात्र लागेको थियो। पछिल्लो समय क्यासिनोमा जुवा खेल्ने लतमा फसेका उनी अार्थिक रुपमा कमजोर भएका थिए।
धादिङकै राधे भण्डारी पहिला ‘चरी’ समूहमै थिए। ‘चरी’ एमालेमा प्रवेश गरेपछि यी दुवैबीच दुश्मनी बढेको थियो। करिब ८ महिनाअगाडि धादिङबाट काठमाडौँ फर्किएका ‘चरी’लाई काठमाडौँमा राधे समूहले गोली हानेको थियो। गोली उनको कुममा लागेको थियो। त्यसैको बदला लिन नयाँबजारमा ‘चरी’ले भण्डारीलाई खुकुरी हानेका थिए। नागरिकन्युज डटकमबाट साभार स्रोत http://www.nagariknews.com/breaking-news/story/22529.html
*सच्याइएको।
- See more at:
Video Source Image TV Channel

