नरेन्द्र मोदीले जापानी भाषामा ट्विट गरेपछि
नयाँ दिल्ली– आफू जापान यात्रामा जानुप्रर्व भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले त्यहाँका मानिसहरुसँग सम्बन्ध स्थापित गर्नका लागि बिहिबार जापानी भाषामा ट्विट गरेका छन् ।
जापानी भाषामा आफ्नो ट्विट सन्देशहरुको श्रृङ्खलामा मोदीले आफ्नो आगामी यात्राको बारेमा चर्चा गर्दै जापान भ्रमणका लागि आफू निकै उत्सुक भएको बताएका छन् । उनले गुजरातको मुख्यमन्त्रीको रुपमा जापानको आफ्नो यात्राका यादहरु ताजा गरेका छन् ।
मोदीका अनुसार उनी टोकियो र क्योटोको यात्रा गर्नेछन् र जापानस् समाजको सबै हिस्साहरुसँग भेटघाट गर्नेछन् । आफ्नो निजि ट्विटर अकाउन्ट ह्यान्डल एटदरेट नरेन्द्र मोदीमा भारतीय प्रधानमन्त्रीले भनेकि जापानका साथीहरुले उनीहरुसँग जापानका मानिसहरुसँग जापानीमा नै कुरा गर्ने आग्रह गरेका थिए । म यो कुरामा उनीहरुको सहयोगका लागि धन्यवाद व्यक्त गर्न चाहन्छु । रातोपाटीबाट

