प्रेमिकालाई आइ लभ यू भन्न पनि ६२ वर्ष लागेपछि
व्यक्ति अगाडि हुँदा केहि भन्न डर र लाज लाग्छ भन्ने कुरा त हामीमध्ये धेरैले अनुभव गरेका छौँ होला तर त्यो लाज र डर कति दिनसम्म रहला त ? धेरैले भन्नुहोला एक महिना, एक वर्ष अथवा तीन वर्ष । तर एक ब्रिटिश जोडीले आफ्नो माया देखाउन एक–दुई वर्ष होइन पुरै ६२ वर्ष लगाएका छन् । ब्रिटेनमा बस्ने यी जोडी सिन्थिया रिग्स र हावर्ड एटेबेरीले मध्ये हावर्डले सिन्थियालाई पहिलो नजरमा नै मनपराएका थिए तर ६२ वर्षपछि मात्र उनले सिन्थियालाई ‘आईलभयु’ भन्न सकेका छन् ।
उनीहरु जीवन यसरी नै व्यतित भइरहेको थियो । दुबैको विवाह भयो र उनीहरु आमा–बुवा बने । तर वृद्धा अवस्थामा यस्तो समय पनि आयो जब उनीहरु एक्लो भए । निकै साहस निकालेर सन् २०१२ मा उनले सिन्थियालाई एउटा चिट्ठी लेखे जसमा उनले आफ्नो मनका सबै भावनाहरु पोखेका थिए । त्यो चिट्ठी कोड भाषामा लेखिएको थियो जसका कारण अरु कसैले पनि त्यो चिट्ठी पढ्न ती कोडहरुलाई जान्न आवश्यक थियो । (एजेन्सी) रातोपाटीबाट

